नायिका प्रियंकाको दोश्रो बिहे हुँदै गर्दा किन केकिले यसो भनिन् ?

काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फागुन १६ गते विवाह गरेका छन्। लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यो जोडीले सेलिब्रेटीलाई शनिवार नै रिसेप्सन पार्टी दिएका छन्। परिवार, चलचित्रकर्मी र संचारकर्मीलाई संयुक्त रुपमा पार्टी दिएका हुन्। उनीहरुको विवाह हिन्दु धर्म परम्परा अनुसार भएको थियो । उनलाई अन्तिममा भाईले बोकेर अन्माएको तस्बिर पनि सार्वजनिक भएको छ । भाइले बोकेर अन्माउँदा प्रियंका निकै भावुक देखिएकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रका दुई सफल कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आफ्नो स्वयम्बरको तस्विर पनि सार्वजनिक गरेका छन्। शनिवार मात्र विवाह गरेका यो जोडीले सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका हुन्। बुढानिलकण्ठ स्थित पार्क भिलेजमा यी दुवैले विवाह गरेका थिए। सोहि स्थानमा दुवैले रिसेप्सन पार्टी समेत दिएका थिए। आयंका जोडीलाई हाम्रो तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना । नायिका केकी अधिकारीले प्रियंका कार्कीलाई वैवाहिक जीवनको शुभकामना सहित मिठो शब्द कोरेर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

प्राय आफु नजिकका व्यक्तिहरुको नामको अर्थ खोज्ने गरेको तर प्रियंकाको अर्थ खोज्न भने आज सम्म बिर्सिएको भन्दै प्रियंकाको अर्थ र उनको चरित्र मिल्दो पाएको कुरा केकी अधिकारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छिन् । केकीले प्रियंकाको निडर स्वभावले गर्दा धेरै नारीहरु प्रभावित भएको भन्दै प्रियंकाको बारेमा मायालु शब्दहरु कोरेकी छिन् ।

यस्तो छ केकी अधिकारी अर्थात भुन्टी केकुको शुभकामना प्रिय प्रियंका,तिम्रो खुशीको दिनमा तिम्रो लागि केही शब्द कोरेर शुभकामना दिँउ कि भन्ने सोचेँ। तिम्रो नाम अनि काममा यति हराइएछ कि तिम्रो नामको सिधा अर्थ के होला भनेर कहिले पनि सोचिनछु अनि सोधिनछु जबकी म हरेक ब्यक्तिको नामको अर्थ खोजीहाल्ने खालकी छु। तिमी त कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिन। मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु रत थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै होऔ।

शब्दकोषले तिम्रो नाम संस्कृतबाट लिइएको ञप्रियंकाराझ जसको शाब्दिक अर्थ मिलनसार, रमाइलो , सबैलाई आफ्नो बनाउन सक्ने, खुशी बनाउन सक्ने, मायालु स्वभाव भएको जुन तिमी साच्चै छौ भनेपनि तिमी त्यो भन्दा धेरै होऔ। तिमीलाई सायद हेक्का नहोला तिमीले के गरेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन ,आफ्नो ढंगले जीवन जिउन, आजको लागि बाँच्न, खुलेर हाँस्न, अनि नअघाउनेगरी माया गर्न सिकाकी छौं।

तर तिमी त्यो भन्दा पनि धेरै होऔ। तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहाने हरेक महिलाकोलागि एक प्रेरणा अनि उदाहरण बनिसकेकि छौं । तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस्। तिमीलाई मेरो सधै तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना। तिमीले खुशी होइन खुशीले तिमीलाई सधैं पाइराखोस्। (उहीँ तिम्री भुन्टी केकु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *