उदारणीय बिहे बिहेमा कुनै गरगहना नलगाई बागलुङकी तारा शर्मा ले बिहे गर्नु भएको छ । बैवाहिक जीवनको धेरै धेरै शुभकामना हजुरहरुलाई,नारीको सुन्दर स्वरुप नारी आफैमा हुन्छ नाकी गरगहनामा Facebook बाट सभार गरिएको
यो ८० हजार तोला सुन पुगेको बेला गहना नलगाई बिहे गर्नु अति उत्तम ! संमान छ यो जोडिलाइ!!?? मागी बिहे गर्न नसक्ने अबस्थामा पुगेको हाम्रो समाज यसरि परिबर्तनको ढोका खुल्दै छ!!??
विवाहमा सुन किन्ने पैसाबाट विद्यार्थीका लागि अक्षयकोष बागलुङ, १८ फागुन । बागलुङका एक नव जोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्व शिक्षक समेत रहेका गौतमले जानकारी दिए । शर्मा युवा संघको नेतृ हुन् ।
‘हामीले राम्रो कामको सुरुवात आफैंबाट गर्नुपर्छ,’ शर्माले भनिन्, ‘भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौं ।’ सो विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिने छ ।
कक्षा ११, माध्यामिक शिक्षा परीक्षा (एसइई) का परीक्षामा सर्वोत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्व प्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यसका साथै वर्ष शिक्षक समेत छनोट गरेर पुरस्कृत गरिने छ ।