दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का

काठमाडौं, १८ फागुन । दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् ।दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको हाेइन। कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।

यो पनि क्वारेन्टाइनमा १४ दिन, कोरोना भाइरस परीक्षणका लागि पुनः नमूना संकलन

भक्तपुर, १७ फागुन । भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि नमूना संकलन गरिएको छ ।क्वारेन्टाइनमा राखिएको १४औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको हो । नमूना संकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली क्वारेन्टाइन स्थलमा पुगेको थियो ।

परीक्षणको नतिजा आउन ढिलोमा तीन दिन लाग्ने मन्त्रालयले जनाएको छ । रिपोर्ट आएपछि मात्र उनीहरु घर फर्कन पाउने छन् । संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।यसअघि सरकारले क्वारेन्टाइनमा राखिएको

१४औं दिनपछि घर फर्कन पाउने बताएको थियो । चीनबाट फर्काइएका १ सय ७५ जना सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।यसअघि गरिएको कोरोना परीक्षणमा सबै जनामा संक्रमण नरहेको पुष्टि भएको थियो । उनीहरु सबैको फागुन ४ गते नमूना संकलन गरिएको थियो भने फागुन ७ गते रिपोर्ट सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *