प्रचण्डमाथि जुत्ता हा’न्नेलाई प्रचण्डका प्रेस सल्लाहकारले हा’ने ला’त्ती, सामाजिक संजालमा चर्को बिरोध !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई राष्ट्रियसभागृहमा जुत्ताले हा”न्ने युवकको परिचय खुलेको छ । भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार गर्ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता रतन तिरुवा भएको खुलेको छ।

उनी हाल नेत्रविक्रम चन्द ‘विप्लव’सँग आवद्ध रहेका छन् । तिरुवा जुम्ला निवासी हुन्। जनयु”द्धको समयमा उनका बाबु माओवादीमै लागेका कारण मा”रिएका थिए। भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेका प्रचण्डमाथि दर्शकदीर्घाबाट ताकेर जुत्ताले हा”निएको थियो । जुत्ता प्रचण्ड भएको मञ्चसम्म भने आएन ।जुत्ता प्र”हार गर्ने तिरुवालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । तिरुवाले आफूलाई प्रचण्डको भाषण चित्त नबुझेको बताएका छन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा

राखिएको छ।तिरुवाले आफ्नो फेसबुकमा विश्व कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरु कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङको संयुक्त तस्बिर राखेका छन् । साथै, आफ्नो फेसबुकको ‘इन्ट्रो’ मा उनले लेखेका छन्, ‘जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्बहारा बर्गको अधिनायकत्व प्राप्त हुँदैन ।’

यो घटना पछि अहिले सामाजिक संजालमा यहि समाचार भाइरल भैरहेको छ । प्रचण्डमाथि जुत्ता प्र’हा’र गर्ने जुम्लाका रतन तिरुवामाथि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले लात्ती प्र’हा’र गरेका छन् । जुत्ता प्र’हा’र लगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिँदै गर्दा उनले प्रहरीलाई नै धकेल्दै तिरुवालाई लात्तीले हि’का’र्एका थिए ।

।पक्राउ परेका रतनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनले प्रहार गरेको जुत्ता दाहाललाई भने लागेको थिएन। यो घटनासंगै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । सामाजिक संजालमा जुत्ता प्र’हा’र गर्ने रतन तिरुवालाइ प्रहरीले पक्राउ गर्दा ला’त्ती प्र’हा’र गर्ने बिष्णु सापकोटालाइ प्रहरीले किन पक्राउ नगरेको भन्दै बिरोध जनाइरहेका छन् ।

सामाजिक संजालमा एक समर्थकले लेखेका छन्, ‘पुलिसले जुता फाल्नेलाई समातेर लग्यो, ता’त्ती हा’न्ने’लाई केही गरेन, नेपालको कानुन यही हो? यही हो तेरो सर्वहारा क्रान्ति? समानता? प्रचण्डे भष्मासुर मात्रै देशको नागरिक हो? तात्ती हान्दा बढी चो’ट पर्छ कि जुत्ता हान्दा जून लागेको पनि छैन? प्रचण्डेको सत्ता र शक्ति संधै टिक्छ भन्ने भ्रममा नपरेस।’त्यस्तै एक सामाजिक संजालकर्ता लेख्छन, ‘बिष्णु सहिद को छोरा माथी लाती हान्ने आट का बाट आयो ?’

त्यस्तै अर्का एक समर्थकले लेखेका छन्, ‘प्रचण्डलाइ जुत्ता हा’न्ने लाई कानुन अनुसार कारबाही होला र हुनुपर्छ तर तपाइलाइ कुन कानुनले लात हा’ने अधिकार दियो। यदि नेपाल पुलिस साचिकै देसको कानुन को रखवाला हो भने यो मान्छे लाई नि कारवाही हुनुपर्छ।’त्यस्तै अर्का एक फेसबुक संजालमा एक युवकले प्रश्न गर्दै भनेका छन्, ‘कति खेर पुलिसले छोप्छ र लात्ती हानुला भनेर बसेको हो सल्लाहकार ज्यू ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *