कोरोनाको भाइरसको आशंका गर्दै, टेकुस्थित शहीद शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा ३ नेपाली र एक चिनियाँ नागरिक भर्ना

काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा आइतबार साँझ थप दुई जनालाई भर्ना गरिएको छ । योसँगै आइतबार भर्ना भएका बिरामीको सङख्या चार पुगेको छ ।दक्षिण कोरियाबाट फर्केका तीन जना नेपाली नागरिक र एक जना चिनियाँ नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। कोरोनाको आंशकामा उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार तीन जना नेपाली दक्षिण कोरियाबाट फर्केका र एक जना चीनबाट आएका नागरिकको उपचार भइरहेको हो। उनीहरुको नुमना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र सोमबारसम्म रिपोर्ट आउने अस्पतालले जनाएको छ।उनका अनुसार दक्षिण कोरियाबाट फर्केका नेपाली कोरोना भाइरसको सं;’क्रमण देखिएको क्षेत्रबाट आएका होइनन्।‘रुघाखोकी देखिएकाले आइसोलेसनमा राखिएको हो,’‘कोरिया र चीन कोरोना प्रभावित देश भएकाले रुघाखोकी र ज्वरो आएका कारण विशेष निगरानी गरिएको हो।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको निधनसम्म हुन्छ। अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो।त्यस्तै आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको स’ङ्क्र’मण विश्वका ६४ मुलुकमा भेटिएको छ ।

विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको स’ङ्क्र’मणका कारण निधन भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको स’ङ्क्र’मण पुष्टि भएको छ ।शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा स’ङ्क्र’मण पुष्टि भएको छ

कोभिड–१९ भनिने उक्त भाइरसको स’ङ्क्र’मण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको स’ङ्क्र’मणका कारण निधन भएको छ ।चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा स’ङ्क्र’मण पुष्टि भएको छ भने ३५ जनाको स’ङ्क्र’मणपछि उपचारका क्रममा निधन भएको छ ।

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस स’ङ्क्र’मणको पुष्टि भएको छ भने कूल १२० जनाको निधन भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस स’ङ्क्र’मणका कारण निधन भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस स’ङ्क्र’मण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा स’ङ्क्र’मण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा स’ङ्क्र’मण पुष्टि भएको छ भने कूल १८ जनाको निधन भएको छ ।

इटलीमा कूल एक हजार १२८ जनामा स’ङ्क्र’मण भएको र अघिल्लो दिनभन्दा थप स’ङ्क्र’मण नभएको र कूल २९ जनाको निधन भएको बताइएको छ ।त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको निधन भएको छ भने सङ्क्रमितको सङ्ख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले स’ङ्क्र’मणपछि उपचार सेवा लिइरहेको बताइएको छ ।

जापानमा कूल २३९ व्यक्ति स”ङ्क्र’मित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको निधन भएको छ । जापानमा विगत २४ घण्टामा थप नौजनामा स’ङ्क्र’मणको पुष्टि भएको छ । जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा स’ङ्क्र’मण भएको अधिकारीहरूले बताएका छन् ।उल्लेखित तथ्याङ्क सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *