यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्रा’णघा’तक सं’क्रम’ण, जस्ले करोडौं मान्छेले ज्या’न गु’माए !

छिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ ।

मध्य चीनको हुपेई प्रान्तको वुहान शहरबाट देखा परेको कोरोना भाइरस (कोभिड–१९) ६० देशमा पुगिसकेको छ । मुख्यभूमि चीनमा यसका कारण २ हजार ८७० जनाको निधन भइसकेको भएपनि अन्यत्र भने यसबाट मर्नेको संख्या त्यति धेरै छैन ।

यसलाई ‘एपिडेमिक’का रुपमा वर्गिकृत गरिएको छ । सं”क्रम’ण र म”र्नेको संख्या अन्यत्र पनि हवात्तै बढ्यो भने यो चाँडै नै ‘प्यानडेमिक’का रुपमा वर्गिकृत हुन सक्छ । कोभिड–१९ मा संक्रमितको निधन दर ३ दशमलव ४ प्रतिशत छ ।

यो इबोला महामारीको तुलनामा निकै कम हो । इबोलाको निधन दर ४० दशमलव ४ प्रतिशत रहेको थियो । भाइरसको सं”क्रम’ण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औ’षधि बनाउन लागि परेका छन् ।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा सं”क्रम’ण र रोग फैलिएका छन् । तीमध्ये ठूला १० घटना निम्नानुसार छन् :

१. छैठौं हैजा : सन् १८९९ मा शुरु भएको यो प्रकोप सन् १९२३ सम्म चलेको थियो । यसको प्रकोप भारतमा शुरु भएको थियो । त्यहाँबाट यो मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप रुससम्म पुगेको थियो । हैजाको यो महामारीले गर्दा भारतमा मात्रै ८ लाख मानिसको निधन भएको थियो । यसका कारण फिलिपिन्समा २ लाख, रुसमा ५ लाख मानिस म’रेका थिए ।

२. तेस्रो हैजा : यो महामारी पनि सन् १८५२ मा भारतबाटै शुरु भएको थियो अनि विस्तारै अन्य महाद्विपमा फैलिएको थियो । यसका कारण विश्वभर १० लाख मानिस म’रेका थिए ।

३. हङकङ फ्लु : सन् १९६८ मा एशियाली महाद्विपबाट उत्पत्ति भएको यो इन्फुल्एन्जा भाइरसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । एच ३ एन २ भाइरसले गर्दा भएको यो महामारीमा १० लाख मानिस म’रेका थिए । सन् १९५७ मा देखा परेको इन्फुल्एन्जा भाइरस पछि हङकङ फ्लुमा विकसित भएको थियो ।

४. फ्लु : फ्लुको उत्पत्ति सन् १८९० मा रुसबाट भएको थियो । आधुनिक यातायात पूर्वाधारका कारण यो उत्तरी गोलार्द्धसम्म पुगेको थियो । एच ३ एन ८ भाइरसले गर्दा यस महामारीमा १० लाख मानिसको निधन भएको थियो ।

६. एन्टनेन प्लेग : सन् १६५ मा रोमन सम्राज्यमा देखा परेको यो महामरीले ५० लाख मानिसको ज्या’न लि’ए’को थियो । यो महामारी सुदूर पूर्वबाथ रोम फर्किएका सैन्य दलसँग आएको स्म्लपक्स वा दादुरा भएको आशंका गरिएको छ ।

७. जष्टिनेन प्लेग : बुबोनिक प्लेग सन् ५४१–४२ मा बैजान्टिन सम्राज र मेडिटेरियनका बन्दरगाह शहरमा शुरु भएको हो । महामारी उत्कर्षमा भएको बेलामा एक दिनमै ५ हजारसम्म मानिसहरु म’रेको अनुमान गरिएको छ । बन्दरगाहमा आएका ठूलो संख्या अनि फोहोर जहाजका कारण यो फैलिएको बताइन्छ । यसका कारण २ करोड ५० लाख मानिसको निधन भएको अनुमान छ । यो त्यतिबेला यूरोपको आधा जनसंख्या हो ।

८. एचआइभी/ एड्स (२००५–२०१२) : एचआईभी एड्स पहिलो पटक सन् १९७६ मा गणतन्त्र कंगोमा देखा परेको थियो । तर यो सन् २००५ देखि सन् २०१२ को बीचमा मात्रै खासगरि अफ्रिकी महाद्विपमा महामारीका रुपमा परिणत भयो । यौ”न स’म्प”र्कबाट सर्ने यो रोगका कारण सो दशकमा ३ करोड ५० लाख मानिसको निधन भएको थियो ।

९ स्पेनी फ्लु : सन् १९१८ मा देखखा परेको यो इतिहासको सबैभन्दा डरलाग्दो फ्लु महामारी हो । यसले करीब ५० करोड मानिस सं’क्र’मि’त भएका थिए भने ५ करोडभन्दा धेरैको निधन भएको थियो । यो महामारी एचवनएनवन भाइरसले गर्दा भएको थियो । अस्पतालमा थेग्नै नसक्ने भिडभाड र फोहोरले गर्दा सं”क्रम’ण झनै फैलिएको थियो ।

१०. ब्ल्याक डेथ : यो पनि इतिहासकै डरलाग्दो महामारी हो । बुबोनिक प्लेगका कारण उत्पन्न भएको यो महामारीमा २० करोड भन्दा मानिसको निधन भएको अनुमान छ । यसको उत्पत्ति एशियामा सन् १३४६ मा भएको इतिहासकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *