विहे कसरी गर्ने थाहाँ छैन : नायिका नम्रता श्रेष्ठ

काठमाडौं । नम्रता श्रेष्ठ विवादित तर सधै चर्चामा रहन सफल नेपाली अभिनेत्री हुन् । उनको एक बयश्क भिडियोका कारण उनी एकाएक चर्चामा आउँन सफल भएकी थिइन् । यो बीचमा खबर आएको छ नि नायिका श्रेष्ठ केही बर्षदेखि प्रेममा छिन् । प्रेममा रहेकी यी नायिकाको बिहे कहिले हुन्छ भन्ने कौतुहलता सामान्यतया धेरैलाई हुन सक्छ ।

सामाजिक जीवन बाँच्दै आएकाहरुका लागि बिहेको चासो सधै नै हुने गर्दछ । तर, नायिका श्रेष्ठले भने आफूले अहिले नै बिहेको बिषयमा नसोचेको बताएकी छिन् । नम्रताले आफुले अहिले बिहेको बिषयमा नसोचेको भन्दै भनिन, ‘जुन दिन हुन्छ, तपाइहरुलाई थाहा भैहाल्छ ।’

नम्रताले बिहे कसरी हुन्छ ? भन्दै उल्टै प्रश्न गरेकी थिइन् । उनले बिहे कहिले गर्ने भन्ने बिषयमा पनि कुनै योजना नबनाएको बताइन् । मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा पनि उनले सोचेकी छैनिन् । जुन दिन बिहेको लगन जुर्छ, त्यही दिन नै कसरी गर्ने भन्ने बिषयमा सोच्ने उनको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *