कमेडियन भारतीका पति ‘दोस्रो विवाह गर्न तयार’

एजेन्सी– भारतमा चर्चित टिभी कार्यक्रम खतरोंका खेलाडीको सिजन १० सुरु भइसकेको छ । अनि यसमा गरिने विभिन्न स्टन्ट्सले अहिले भारतमा निकै चर्चा पाएका छन् ।यही कार्यक्रमको एउटा भिडियो अहिले बाहिर आएको छ । त्यसमा कमेडियन भारती सिंहका पति हर्ष

लिंबाचिया टास्क गर्दा अभिनेत्री करिश्मा तन्नालाई प्रपोज गरिरहेका छन् ।त्यसैले हुनुपर्छ, यसलाई भारतीय मिडियाले पनि स्थान दिन थालेका छन् । भिडियोमा भारतीका पतिले भनेका छन्– मेरो दोस्रो विवाह तिमीसँग हुनेछ, म त्यसका लागि तयार छु ।

यो पनि कोरोना भाइरसः कुन देशमा के भइरहेको छ ?

एजेन्सी– चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्वका दर्जनभन्दा बढी देशमा समस्या देखिन थालेको छ । विभिन्न युरोपेली देशहरुले पनि आफ्नो देशमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको बताउन थालेका छन् । युरोपमा सबैभन्दा पहिले कोरोना भाइरसका संक्रमित इटालीमा देखिएका थिए ।

अस्ट्रिया, क्रोयसिया, स्विट्जरल्यान्डमा पनि कोरोना भाइरस संक्रमित देखिएका छन् । यी देशमा इटाली पुगेका मानिसहरुमा कोरोना भाइरस देखिएको बताइएको छ । अल्जेरियामा पनि इटालीबाट फर्किएका व्यक्तिमा कोराना भाइरस देखिएको छ ।

उता, ब्राजिलमा पनि इटालीबाट नै फर्किएका एक व्यक्तिमा कोराना भाइरसको संक्रमण देखिएको छ ।इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको छ, ३ सयभन्दा बढीमा यो संक्रमण देखिएको छ ।

तर, इटालीका छिमेकी देशहरुले अहिले सीमा बन्द नगर्ने बताएका छन् । सीमा बन्द गर्दा थप समस्या हुने उनीहरुको बुझाइ छ । फ्रान्स, जर्मनी, इटाली र इयुका स्वास्थ्यमन्त्री तथा अधिकारीहरुले मंगलबार सीमा बन्द गर्दैमा भाइरस संक्रमण नरोकिने निष्कर्ष निकालेका छन् ।

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पाह्नले छिमेकी देशहरु यसबारे गम्भीर भएको तर अहिले नै सीमा बन्द गर्दा झन् समस्या पर्न सक्ने भन्दै पर्यटकहरुलाई नयाँ गाइडलाइन ल्याएको बताएका छन् ।उता, इटालीमा वर्षेनी लाखौँ बेलायती घुमघामका लागि पुग्ने भएकाले इटालीमा ठूलो समस्या भएको यो भाइरसले बेलायतमा पनि समस्या निम्त्याउन सक्ने अनुमान गरिएका छन् ।

अर्कोतिर, इटालीले चीनबाट आउने सबै उडान केहीअघि नै बन्द गरिसकेको थियो । तर, अहिले युरोपमा सबैभन्दा बढी संक्रमित देश नै इटाली बनेको छ । यसलाई त्यो क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले विशेष चासोका साथ हेरेका छन् ।फ्रान्स, जर्मनी, स्पेन, स्विट्जरल्यान्ड लगायतका देशमा देखिएका कोरोना भाइरस संक्रमित सबै इटालीबाट फर्किएका मानिसहरुमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *