कोरोना संक्रमणका कारण अमेरिकामा दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको नि,ध,न भएको हो ।स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो ।किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो । कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ । यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो ।आइतवार रातिसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमणको ८८ केस प्राप्त भएको थियो ।

यो पनि विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय

काठमाडौं– विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् ।आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा एनओसी लिनुपर्ने हुन्छ ।

यस्तै सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन-अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *