न्युजिल्यान्डका एन्डर्सन क्रिकेट खेल्न नेपाल आउने

न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डर्सन क्रिकेट खेल्न नेपाल आउने भएका छन्।एन्डर्सन एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम काठमाडौं किंग्स ११ मा आबद्ध भएका छन्।आगामी चैत १ गतेदेखि हुने प्रतियोगिताका लागि एन्डर्सनलाई भित्र्याएको काठमाडौंका सिइओ राजजंग थापाले बताए। थापाले एन्डर्सन आबद्ध हुँदा टिमको मनोबल बढेको बताए।

काठमाडौंमा आयरल्यान्डका केभिन ‌ओब्राइन र युएईका रोहन मुस्ताफा पनि आबद्ध छन्। यस्तै नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले काठमाडौंबाट खेल्नेछन्।एन्डर्सन पछिल्लो समय भने न्युजिल्यान्डको टिममा छैनन्। न्युजिल्यान्डका लागि १३ टेस्ट, ४९ एकदिवसीय र ३१ टी-२० खेलेका उनले सर्वाधिक छिटो शतकको रेकर्ड बनाएका थिए।

वेस्ट इन्डिजविरुद्ध उनले ३६ बलमा शतक बनाउने क्रमम १४ छक्का र ६ चौका हिर्काएका थिए। तर उनको रेकर्ड पछि दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले तोडेका थिए।पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरबाट उनले आइपिएल खेलेका थिए। त्यसअघि दिल्ली र मुम्बईबाट खेलेका थिए। पाकिस्तान सुपर लिग भने उनले लाहोरबाट खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *