रोमान्टिक डेटका लागि रेष्टुरेण्ट पुगेका अर्जुन–मलाइका उत्तिखेरै फर्किनुपर्‍यो

मुम्बइ। बलिउडमा अर्जुन कपूर र मलाइका अरोराको जोडीको निकै चर्चा चलिरहन्छ । यी दुई लामो मयदेखि एक अर्कासँग सम्बन्धमा छन् र यी दुईको निकटता विभिन्न सार्वजनिक कार्यक्रममा देख्न पाइन्छ । पछिल्लो समय यस्तै नजिकिएर दुवै डिनर डेटको लागि बाहिर निस्किएका थिए । यी दुई मुम्बइको एउटा चर्चित रेष्टुरेण्ट पुगेका थिए । तर, कसलाई थाहा थियो र ? उनीहरुको यो डिनर डेट फ्लप हुने वाला थियो ।

अर्जुन र मलाइका डिनर डेटको लागि त गए तर जुन रेष्टुरेण्टमा उनीहरु पुगे त्यहाँ कुनै टेबल खाली नै थिएनन् । रेष्टुरेन्टमा उनीहरुले बस्ने ठाउँ नै नपाएपछि उनीहरुको रोमान्टिक डिनर डेट पूरै फ्लप साबित भयो । रेष्टुरेण्ट खचाखच भरिएको थियो जसका कारण उनीहरुले खाना प्याक गराउनुपर्यो । तस्वीरमा मलाइकाको हातमा एउटा पार्सल देखिन्छ जसमा उनीहरुको खाना प्याक गरिएको छ । उनीहरुको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *