प्रचण्डलाई जुत्ता प्र’हार हुनु,यो सिङ्गो नेपाली राजनीति प्रतिको अबिस्वासको उदारण हो !

चन्दन भण्डारी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिनुभयो । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गर्नुभएको छ ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभयो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयु’द्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

वर्षे सशस्त्र यु’द्ध पश्चात खुला राजनीतिमा आएपछि उहाँ पटक पटक प्रधानमन्त्री भैसक्नु भएको छ, प्रचण्डको आफ्नै खुबी र राजनीति चतुर्‍याइँको कारण गुमनाम पुस्पकमल दाहाल तत्कालीन नेकपा माओवादी बि’द्रो’हि समुहको अध्यक्ष हुँदै अहिलेको सबैभन्दा ठुलो दल नेकपाको अध्यक्ष जस्तो शक्तिशाली पदमा आशिन हुनुहुन्छ , हरेक परिस्थितिमा आफु परिस्थिति अनुकुल परिबर्तित हुन खप्पिस नेताको रूपमा ब्याख्या गर्दछ्न राजनीति बिस्लेसकहरुले हुन पनि हो , कुनैपनी देशमा संचालित बिद्रोही सैनिक र राजनीतिक दललाई बैधानिक वा राज्य शक्तिमा गाभ्नु सानो चतुर्‍याइँले सम्भाव हुदैन ।

देशमा संचालित १२ बर्ष चलेको जनयु’द्धका थुप्रै राम्रा र नराम्रा कुराहरु छन ,जनतामा एक खालको चेतनाको बिकास गराएर सामन्ती जिम्दारिया प्रथालाई निस्तेज पार्न ठुलो भुमिका निर्भाहा गर्यो भने अर्को तर्फ हजारौं सोझा साझा जनताको अकालमै ज्या’न गु’म्न पुग्यो ,खर्बौको भौतिक संरचनाहरु धो’स्त भए समग्रमा जे जसो भएपनी प्रचण्डबाट नेपाली जनताले अन्य राजनीति दलका नेता भन्दा फरक आशा र भरोसा चाहिँ राखेकै हुन सोही बिश्वास अनुरुप बिद्रोह छोडेर चुनावी प्रतिस्पर्धामा आउदा प्रचण्डको पार्टीलाई जनताले अत्यधिक मतले बिजय बनाएका थिय।

तर दिनहरु बिस्तारै धकेलिदै गए जनताको स्थितिमा कुनै परिवर्तन आउन सकेन , बरु मैलो लुगा र फाटेको चप्पल लगाएर हिड्ने प्रचण्ड र उनका सहयात्रीहरुको बस्ने ठाँउको स्थिति परिवर्तन भयो नया जुत्ता सुट र अन्य बिलासी जीवन शैली प्राप्ति भयो तर जनता भने उस्ताको उस्तै बिस्तारै जनबिस्वास गुमाएर पहिलो पार्टी ह्वात्तै तेस्रोमा झर्यो यस्को मुख्य कारण जनताको माझमा गरेको बाचा अनुरुप आफ्नो ब्यवहार परिवर्तन गर्न नसक्नु हो भन्ने सबैलाई थाहा छ।

तर जस्तो सुकै अवस्थामा पनि प्रचण्ड आफुलाइ परिस्थिति अनुकुल परिमार्जन गर्न सिपालु नेता भएको कारण देश जनता र सिङ्गो कम्युनिस्ट आन्दोलनको को आवश्यकता महसुस गरि नेपालका ठुलो दल नेकपा एमाले र माओवादी केन्द्रलाइ मर्ज गरि उनी अध्यक्ष हुन सफल भए यहाँ नेर पुनः प्रचण्ड राजनीतिक निर्णयमा एकपटक फेरि सफल भएकै हुन र जनता प्रती कम्युनिस्ट पार्टी सङ्गको भरोसा एकपटक जोडिएको हो फलस्वरूप बहुमत लिएर नेकपाले चुनावी बिजय हासिल गर्यो र बहुमतकै सरकार निर्माण गर्यो तर जनताले जुन भरोसा गरेका थिय त्यस अनुसार खासै उपलब्धि भएन प्रहरी कार्यालय जादा सेटिङमा भ्रष्टाचार ,मालपोतमा जादा मिलोमतोमा भ्रष्टाचार यस्तै थुप्रै सरकारि कर्मचारीबाट जनताको खुन पसिना चुस्ने काम जारी रहयो उता स्थानीय सरकारको कुरा गर्ने हो भने जताततै फुस्रे राजाहरुको जन्म भएको अनुभुती हुन थाल्यो ।

प्रदेश सरकार तथा सभासदहरु पनि बिनाकाम साइरन बजाउदै बाटो जाम गर्दै रबैया देखाउन र तलब भत्ता फोकटमा पचाउनमा तल्लिन भए केन्द्रको कुरा गर्दा मन्त्री तथा नेताहरु एकपछि अर्को गर्दै भ्रष्टाचारको कुकर्मिय जालोमा बल्झिदै गए हुँदा हुँदा सरकारको बचाउ गर्ने क्रममा विभिन्न थेगो बाट प्रसिद्ध भएका सरकारकै प्रबक्ता गोकुल बास्कोटाले स्वयं भ्रष्टाचार सङ्गै आफ्नो सिङ्गो राजनीति करियर सति लगेर गए।

यसरी भैरहेका घटना क्रमलाई हेर्दै जादा जनताहरुले अपेक्षा गरे अनुसार कुनै उपलब्धि हुन सकेन जनतामा नैरास्यता बाहेक अरु केही रहेन अनि गुन्जिन थाल्यो गणतन्त्र भन्दा राजतन्त्र ठिक , राजनीति दलहरुको ब्यवहार अनुसार जनताले भनेको भनाइ गलत त होइन तर नेताहरुले गणतन्त्र एक्लै ल्याएका होइनन् त्यस्का पछि करोड नेपाली जनताको साथ समर्थन र हजारौं सहिदका बलिदान मिसिएको छ भन्ने नबुझ्नु नै प्रमुख भुल हुन पुग्यो, जनताहरुले किन गणतन्त्र भन्दा राजतन्त्र ठिक भने भनेर खोजबिन गर्नु भन्दा बरु उल्टै ती जनताहरुलाइ विभिन्न आ रो प र गिरोहद्वारा परिचालित भनेर चार्ज लगाइयो आफ्ना के कस्ता कमजोरीको कारण आज सहिदको सम्पत्ति सिङ्गो गणतन्त्र माथी प्रहार गर्ने

अवसर भिजिलान्तेहरुलाइ मिल्यो भन्ने कारणको खोज बिन गरिएन बरु बिना तुकले एकरटानमा बचाउ गरियो फलस्वरूप गणतन्त्रमाथी खतरा त भयो भयो नेपालको राजनीति दल झनै जनताको अबिस्वासको दलदलमा फस्यो आज गर्दागर्दै जनताहरु नेकपाका अध्यक्ष सिङ्गो जनताले भरोसा राखेका ब्यक्ति कमरेड प्रचण्ड माथी जुत्ता प्र’हार गर्ने अव सृजना भयो यो पनि जनताबाट राजनीति दल प्रतिको अबिस्वास्निय ब्यवहारको ज्वलन्त उदाहरण हो ।

जुत्ता प्र’हार गर्ने जुम्लाका रत्न तिरुवा जो सुकै भएपनी उनी एउटा नेपाली जनता हुन भन्ने बुझ्न जरुरी छ सिङ्गो नेकपाको नेतृत्वले अझै पनि रत्न तिरुवा कोहि द्वारा परिचालित ब्यक्तिहुन भनेर उल्टो बचाउ गरेर मेरो गोरु बार्है टक्का गर्नुको साटो हामी माथी जनताबाट जुता प्रहार गर्ने स्थिति किन र कसरी भयो ? यस्का पछि हाम्रो ब्यवहारको कस्तो भुमिका छ भनेर तत्काल आन्तरिक छलफल गरि आत्माअलोचना बाट आफ्नो गतिविधि जनता अनुकुल बनाउन जरुरी छ साथै प्रचण्ड माथिको जुत्ता प्रा’हार सिङ्गो राजनीति दल प्रतिको प्राहार हो यसबाट नेपाली काङ्ग्रेस अन्य दल र नेकपाकै नेताहरु भित्र भित्रै खुसिले मस्किनु भन्दा आफू क्लियर भएर आफ्नो ब्यवहार जनमुखी बनाउन बुद्धिमानी होला ।

विभिन्न शक्तिको आडमा जनताको पशिना चुस्न पल्केका कर्मचारी , जनप्रतिनिधि र पार्टी भित्रका गलत नेता कार्यकर्ताहरुको निर्मम कार्बाही गर्न जरुरी देखिन्छ होइन भने अहिलेको नेतृत्वको पद र पार्टीको अस्तित्व कालो इतिहासमा रूपान्तर नहोला भन्न पनि सकिन्न , यसबाट अब हुनुपर्ने र गर्नुपर्ने कुराहरुको ठुलो पाठ सिक्न जरुरी छ नेकपाले अतः नेकपाका श्रद्धय अध्यक्ष क प्रचण्ड माथिको जुत्ता प्र’हार ,जनता प्रतिको बढदो राजनीतिक बितिर्सनाको उपज हो भन्ने बुझेर नेतृत्व जनमुखी हुन आवश्यक छ भन्ने सन्देशको रूपमा ग्रहण गर्दा उत्तम हुन्छ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *