कोरोना भाइरसका कारण करिष्मा मानन्धरले होली नमनाउने

काठमाडौ । नायिका करिष्मा मानन्धरले हरेक वर्ष होली पर्व धुमधामसंग मनाउने गरिरहेकी छिन् तर यस वर्ष करिष्माले सधैं झैँ होली नमनाउने घोषणा गरेकी छिन् ।कोरोना संक्रमणको अवस्थाले गर्दा करिष्माले यस वर्ष कलाकारहरु संग घरमा होली नमनाउने भएकी छिन् । कोरोना संक्रमणको यो परिस्थितिमा नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउन करिष्माले यो निधो गरेको सामाजिक संजालबाट उल्लेख गरेकी छिन् । साथै होलीमा गरिने खर्च मध्ये रु. एक लाख एक सय एक रुपिया स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग समेत गर्ने भएकी छिन् ।


करिष्मा मानन्धर र विनोद मानन्धरले आज पत्रकार प्रकाश सुवेदी र दिपाश्री निरौलालाई रकम हस्तान्तरण गर्दै यो खबर सार्वजनिक गरेकी छिन्  होलीमा भिंडभांड हुँदा कोरोना संक्रमणको त्रास हुने भएकाले सतर्कता अपनाएको कुरा विनोद मानन्धरले जनाएका छन् । करिष्माले समेत आफ्नो फेसबुक मार्फत यो पर्व मनाउन नपाए पनि अर्को कुनै पर्व मनाएर खुशी साटौला भनेकी छिन् ।

हरेक वर्ष करिष्मा मानन्धरले मनाउदै आएको होली पर्व अघिलो वर्ष समेत रोकिएको थियो । करिष्माको एसईई परीक्षाका कारण अघिल्लो वर्ष करिष्माले होली मनाएकी थिईनन् ।

हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशै , तिहार होस या फागु , गएको साल SEE को परिक्षा को कारणले मनाउन पाहिएन, यो…

Posted by Karishmaa Manandhar on Sunday, 1 March 2020

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *