हिम्मत बटुल्दै नायिका श्वेता खड्का ले नायक श्री कृष्ण को सम्झनामा क्यान्सर अस्पताल बनाउदै, हेर्नुहोस भिडियो

दुई अर्ब लागतमा नायिका श्वेता खड्काले अस्पताल निर्माण गर्नै भएकी छिन । नायिका खड्काले १०० शैयाको क्षमता रहेको क्यान्सर अस्पताल निर्माण गर्नै लागेकी हुन ।करिब ३ बर्ष भित्रमा सो अस्पताल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।श्वेताले ललितपुरको गोदावरीमा उक्त अस्पताल बनाउने भएकी छिन ।

पति श्रीकृष्ण श्रेष्ठको क्यानसरका कारण निधन भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छिन ।गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *