कोरियाले घोषणा गर्‍यो कोरिनाविरूद्ध यु,,द्ध, २५ अर्ब डलर बजेट

दक्षिण कोरियाले कोभिड-१९ विरूद्ध युद्धको घोषणा गरेको छ। राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइरसविरूद्ध यु,द्ध,मा गइसकेको बताए।सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ। योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्।राष्ट्रपति मुनले भाइरसविरूद्धको ल,डा,इँ,मा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिए।

योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घ,न्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन्। मुनले कोरिना,वि,रूद्ध,को ल,,डाइँ यसअघि नै गम्भीर मोडमा पुगिसकेको बताएका थिए।कोरियाको थेगु सहर कोभिड-१९ को उद्गम बनेको छ। त्यहाँको एक चर्चबाट सुरू भाइरस फैलिन थालेको थियो। अहिले सं,क्र,मि,त भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ।

यो पनि खरिपाटी क्वारेन्टाइनमा रहेका बाँकी ३२ जनालाई आज घर पठाइयो

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा बाँकी रहेका ३२ जनालाई पनि मंगलबार बिहान घर पठाइएको छ।सबैलाई नेपाली सेना र नेपाल प्रहरीको भ्यानबाट बिहान सूर्यविनायकसम्म छोडिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।

‘हामीले ६ देखि ९ बजेसम्म उहाँहरूलाई गाडी लाग्ने ठाउँसम्म छोड्यौं,’ पौडेलले भने।चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना मध्ये १४३ जनालाई सोमबार अपरान्ह घर पठाइएको थियो। बाँकी ३२ जना उपत्यकाबाहिरका घर जान ढिला भएकाले खरिपाटीमै बस्ने निर्णय गरेका थिए।

खरिपाटीमा सोमबार बास बस्नेहरूलाई बफे डिनरको पनि आयोजना गरिएको थियो।सोमबार नै कसैमा संक्रमण नदेखिएपछि १ सय ७५ जना नै कोरोनामुक्त भएका हुन्। गत फागुन ४ गते नेपालले कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट १ सय ७५ जना आफ्ना नागरिकलाई घर ल्याएको थियो।उद्धार गरेर ल्याइएका सबैलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिएको थियो। अब भवनमा रहेका सामानहरूलाई एकठाउँ जम्मा गर्ने र अर्को निर्णय नभएसम्म भवनलाई ‘लक डाउन’ गरेर राख्ने पौडेलले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *