‘इन्डियाज बेस्ट डान्सर’को सेटमै जज बसेकी मलाइका अचानक रुन थालेपछि …!

मुम्बई, २० फागुन । अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा रहेकी मलाइका अरोरा अहिले भने टीभी रियालिटी सो ‘इन्डियाज बेस्ट डान्सर’मा जज गरिरहेकी छन् । यो सोमा उनको साथमा कोरियोग्राफर गीता कपुर र टेरेन्स लुइस पनि रहेका छन् ।

मलाइका आफ्नो निजी जीवनका बारेमा प्रायः मौन रहन्छिन् । तर, इन्डियाज बेस्ट डान्सरको सेटमा मलाइका एक्कासी रुन थालिन् । उनी रुँदै आफ्नो निजी जिन्दगीको बारेमा बोल्न थालिन् । खासमा सोको अडिसन राउन्डमा एक प्रतियोगीले डान्स गरेपछि आफ्नो विगत सम्झेर मलाइका भावुक बनेकी हुन् ।

मलाइकाले भनिन्, ‘मेरो निजी जिन्दगीको कहानी र यी प्रतियोगीको जिन्दगीको कहानी धेरै समान छ ।’ त्यसपछि मलाइका बोल्दाबोल्दै रुन थालिन् । ‘जसरी प्रतियोगीकी एउटी बहिनी छिन्, त्यसैगरी मेरो पनि एउटी बहिनी छे’, उनले भनिन् ।

यो पनि कोरोना सङ्क्रमणका समय चीनमा प्रदूषणमा निकै कमी: नासा

विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ ।

नासाको नक्सामा सुरूमा वुुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदुषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन् । नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको सेटलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइअक्साइडको तह झरेको पाइएको बताए । चीनमा कोरोना भाइरसको सङ्क्रमणसँगै चीनले अपनाएको कडा नियन्त्रण प्रयासअन्तर्गत कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन् । नाइट्रोजन ग्यास खासगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ ।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ । नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ । सन् २०१९ को जनवरी र फेब्रुअरी महिनामा नासाले लिएको तस्बीरलाई तुलना गर्दा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको हो । नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरीको अन्त्यदेखि फेब्रुअरीमा चीनमा प्रदूषण केही घटेको पाइने गरेको तर पर्व सकिएपछि पुनः बढ्ने गरेको वैज्ञानिकहरूको भनाइ रहेको छ ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भन्नुभयो, “कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलो पटक देखेँ ।” उहाँले भन्नुभयो, “यस वर्ष विगतमाभन्दा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको छ । मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस सङ्क्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण प्रदूषणमा उल्लेख्य कमी आएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *