चीनबाट फर्केका नेपालीलाई कोरोनाको आशंका

चीनको ताक्लाकोटबाट कोरोनाको त्राशले हुम्लीहरू भागाभागको अवस्थामा रहेका छन् । स्थानीय व्यापारिक संस्थाका प्रतिनिधिले उद्धारका लागि अपिल गरेका छन् । हुम्लाका अधिकांश वासिन्दा चीनको ताक्लाकोट कमाउने मुख्य गन्तव्य भएको भएता पनि पछिल्लोपटक यो स्थान कोरोनाको त्राशमय क्षेत्र बन्दै गएको छ ।

हुम्ला जिल्ला अति नै कोरोनाको सं’क्रमित हुने भयमा रहेको छ । चीनमा फैलिएको कोरोना भाइरसले हजारौँको ज्या’न गएको भएता पनि हाल नेपालमा सं’क्र’मण नफैलनु सौभाग्यको रूपमा लिन सकिन्छ । हुम्ली कामदार हाल चीनको ताक्लाकोटमा सयौं संख्यामा कामदारको रूपमा काम गर्दै आइरहेका छन् । कोही डरले रातदिन बिताइरहेका छन् भने कोही भागेर हुम्ला छिर्ने गरेका छन् ।

कामका लागि उत्तरी नाकापार ताक्लाकोट गएका एक नेपाली युवक त्यहाँबाट भागेर हिल्सा हुँदै हुम्लाको मुचु आइपुगेका छन् । ताक्लाकोटबाट भागेका उनी पाँच हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोल्दै आउँदा हिउँले उनका हातखुट्टा हिउँले खाएर हिँड्न नै नसक्ने अवस्थामा छन् उनलाई नाम्खा गाउँपालिकाको तुम्कोट नजिकै मुचु प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।ताक्लाकोटबाट चिनियाँ प्रहरीले एक जना नेपाली युवा भागेकाले नियन्त्रणमा लिनु भनेर खबर गरेपछि सो व्यक्तिलाई अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा मुचु प्रहरीचौकीमा राखिएको हुम्ला प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

भागेका युवकको नाम नखुले पनि उनी सिमकोट गाउँपालिका–३ लिमाटाङ गाउँका वासिन्दा रहेको प्रहरीले बताएको छ । हिउँले खुट्टा खाएर हिँड्न नसक्ने अवस्थाका उनलाई नाम्खा गाउँपालिका–५ को मुचुमा रहेको स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा स्थानीयले विरोध गरेका छन् । चीनबाट भागेर आएको भएकाले ती युवकलाई कोरोना भाइरसको सं’क्रमण हुन सक्ने आशंका गर्दै स्थानीयले स्वास्थ्यचौकीमा उपचार गर्न नदिएपछि उनको उपचारमा समस्या भएको हो ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार गर्न नदिएपछि प्रहरीको निगरानीमा नाम्खा गाउँपालिका–५ को मुचु क्षेत्रको बाटोमा विनाउपकरण उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए । हाल हुम्लामा कोरोना भाइरसका लागि आवश्यक पर्ने कुनै पनि सामग्री र स्थानीय सरकारले सोसँग सम्बन्धित कुनै पनि तयारी गरिएको छैन ।

ती युवकलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको भए पनि नपाएपछि फिर्ता गएको थियो । युवकको उपचारमा समस्या आएपछि उनको उद्धार तथा थप उपचारको व्यवस्थाका लागि आफन्तहरूले स्थानीय प्रहरी प्रशासनमार्फत गृहमन्त्रालयलाई अनुरोध गरेका छन् तर गृहमन्त्रालयबाट यसको कुनै सुनुवाई नभएको आफन्तले बताए ।

त्यसै गरी हुम्लावासीको व्यापारिक संस्थाले पनि एक अपिल नेपाल सरकारलाई उद्धारको लागि अपिल गरेको छ । ताक्लाकोटमा रहेका दुई सयको संख्यामा रहेका हुम्लीको सकुशल उद्धार गरी ज्या’न रक्षाको अपिल गरेका छन् ।

यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। चीनको ताक्लाकोट र नेपालको हिल्सा नाका भएर हुम्लीवासी आवतजावत गर्नका लागि दिनहुँ जाने समय अब सुरु हुन लागेको वेला थप संयम हुनका लागि स्थानीय प्रशासनले उर्दी गरेको छ । हाल चीनको पुराङ काउन्टीमा कोरोनाको कुनै सं’क्र’मण नभएको चीन सरकारले बताए पनि नेपालीले योसँग सम्बन्धित सजगता अपनाउनका लागि अनुरोधसमेत गरेको छ ।

हरेक वर्ष १० देखि १५ हजार भारतीय धार्मिक पर्यटक हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि जाने गरेको थिए । यो वर्ष भने शून्यता छाएको छ । हुम्लाका होटेल र पर्यटनसँग सम्बन्धित सम्पूर्ण व्यवसाय यसबाट निक्कै प्रभावित भएको छ ।यसबाट हुम्ला हुने ६ करोडभन्दा बढीको व्यापार प्रत्यक्ष घाटामा रहने अनुमान गरिएको छ । यदि कोरोनाको संक्रमण रहेको खण्डमा हुम्लाको उत्तरी गाउँपालिका नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका प्रत्यक्ष मारमा पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *