कुर्दिस्तान । चीनबाट फैलिएको प्रा,ण,घा,त,क कोरोना भाइरसले यतिबेला विश्वलाई नै आ,तं,कि,त बनाइएको रहेको छ । पछिल्लो समय यो भाइरसको सं,क्र,म,ण मध्यपूर्वका अधिकांश मुलुकमा भेटिएको छ ।
मध्यपूर्वको इराकको कुर्दिस्तान प्रान्तको सुलेमानिमा पनि यसका संक्रमित देखिएका छन् । एकै परिवारका ५ ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको कुर्दिस्तान प्रान्तीय स्वास्थ विभागले जनाएको छ।संक्रमण भएका परिवारलाई क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको र उनीहरुको स्वास्थ अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। कोरोना संक्रमित परिवार इरानबाट सुलेमानी आएका थिए।
कुर्दिस्तानमा नेपाली कामदारहरूको संख्या उल्लेख्य मात्रामा छ । यहाँ गैरकानुनी रुपमा नेपालीहरू पुगेकाले आधिकारिक तथ्यांक छैन । कोरोना भाइरसका धेरै नेपाली घरेलु कामदारहरुलाई बाहिर निस्कन रोक लगाएको छ । विद्यालय , कलेज र बारहरु एक महिनाका बन्द गरिएको छ ।
चेकपोस्टहरुमा यात्रुहरुको शरीरको तापक्रम, स्वास प्रस्वास सम्बन्धी चेकअपहरु अनिवार्य गरिएको छ। बजार, सपिङ मल र रेस्टुरेन्टमा मानिस हरुको चाप निकै कम देखिएको छ। इराकी अधिकारीहरूले इरानसँग जोडिएको सीमा बन्द गरिसकेका छन् । इरानबाट फर्केका नागरिकहरूलाई भाइरस थप फैलिन रोक्न १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको छ। इरानमा संक्रमण हुनु भन्दा अगावै आएका इरानी पर्यटकलाई पनि होटलमा नै स्वास्थकर्मीको ब्यबस्था मिलाई बाहिर हिडडुल गर्न रोक लगाएको छ ।