काठमाडौको अति व्यस्त सुरज आर्केटमा आगलागी

काठमाडौ । काठमाडौं महानगरपालिका-२४ बसन्तपुरस्थित सुरज आर्केटमा सोही महानगरपालिका-३ बस्ने पर्शुराम श्रेष्ठको फेन्सी पसलमा विद्युत सर्ट सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ विभिन्न धनमाल नष्ट भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-४ स्थित जय श्री राम खाद्यान्न उद्योगको भुस गोदाममा सोमबार बिहान आगलागी हुँदा भुसको गोदाम पूर्णरुपमा ज’लेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मकवानपुर, बाग्मती गाउँपालिका-१ गुन्द्रुङ बस्ने ४३ वर्षीय मोहन स्याङतानको घरमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्याँस लिक भई सोमबार साँझ आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायत विभिन्न सामान ज’लेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची, शितगंगा नगरपालिका-७ करेनी बस्ने मन बहादुर पुलामीको घरमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, सुन तथा चाँदी र लु।७ प २३ नम्बरको मोटरसाइकल समेत ज’लेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी अर्घाखाँची, सन्धिखर्क नगरपलिका-११ अमिले बस्ने ६३ वर्षीय श्याम बहादुर सेजवालको गोठमा सोमबार साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा ज’लेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बर्दिया, बर्दिया नगरपालिका-६ जयनगर बजारस्थित राजेन्द्र गुप्ताको घरमा राखिएको कपडा पसलमा विद्युत सर्ट भई सोमाबर राति आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल ज’लेर नष्ट भएको छ ।स्थानिय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *