इटलीबाट स्पेन हुँदै फ्रान्स पुगेका तीन नेपालीमा कोरोना भाइरस देखिएपछि फ्रान्सेली प्रहरीको नि यन्त्रणमा

पेरिस — कोरोना भाइरसबाट सं’क्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नि’यन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ। इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नि’यन्त्रणमा लिएको थियो।

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ। स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नि’यन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो। इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषद् (सेन्जेन) को अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली फिर्ता नपठाई अस्पताल भर्ना गरेको हो।

आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्‍याएको थियो। आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेनन्। फ्रान्सका १२ प्रान्तमा हालसम्म १९१ जनामा कोरोना भाइरसको सं’क्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको सं’क्रमणका कारण राष्ट्रपति एमानुयल म्याक्रोंले महत्वपूर्ण भ्रमणहरु रद्द गरेका छन्।भारतको राजस्थानमा पनि भेटिए कोरोना स’ङ्क्रमितभारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको स’ङ्क्रमण देखिएको छ ।समाचार एजेन्सी एएनआईका अनुसार राजस्थानका स्वास्थ्य मन्त्री रघु शर्माले जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस स’ङ्क्रमणको पुष्टि भएको बताए ।

गएको फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा स’ङ्क्रमण पुष्टि भएको थिएन तर दोस्रो नमुना परीक्षणमा गएको सोमबार ती नागरिकमा कोरोना स’ङ्क्रमित भएको पुष्टि भएको हो ।शर्माले भने, ‘पहिले र अहिलेको रिपोर्टमा अन्तर छ, यसर्थ नमुना परीक्षणको लागि पुणेमा रहेको राष्ट्रिय वि’षाणु विज्ञान संस्थान पठाइएको छ ।’

‘इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ । गएको २९ फेबु्रअरीसम्म जति मानिस उनको सम्पर्कमा आए, ती सबैको पनि जाँच गरिनेछ ।’

सोमबारमात्रै दिल्ली र तेलङ्गनामा पनि कोरोना सङ्क्रमित भेटिएको थियो । भारतमा अहिलेसम्म ६ जनामा कोरोना स’ङ्क्रमण भेटिएको छ । पहिलो पटक कोरोनाको स’ङ्क्र’मण देखिएको केरलाकी एक महिलासहित तीन जना स्वास्थ्य लाभपछि घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *