चीनबाट आयो खुसीको खबर : कोरोना संक्रमित ३२ हजार ४ सय जना पूर्ण निको, भ्याक्सिन पत्ता लाग्यो

एजेन्सी । कोरोनाको महामारी फैलिएको चीनबाट पछिल्लो केही दिनयता सुखद खबर आउन थालेको छ । चीनको वुहानबाट फैलिएको विश्वव्यापी रुपमा प्रभाव पारेको देखिएपनि चीनमा भने केही सुधार भएकोे पाइएको छ । यद्यपी चीनमा कोरोना संक्रमति ३२ हजार ४ सय भन्दा बढी मानिस पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएको चीनको सञ्चारमाध्यमले जनाएको छ । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपोर्टलाई आधार बनाएर समाचार बाहिरिएको हो । हिजो (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाको निधन भइसकेको छ । चीनले कोरोनाको संक्रमणवाट मुलुकलाई मुक्त गर्न सक्दो प्रयास जारी राखेको छ । चीनसहित २० भन्दा बढी मुलुकमा यो भाइरसको संकेत देखिएका छन् ।

दक्षिण कोरियामा पनि निधन हुनेको संख्या १३ पुगेको छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ । ग्लोबल टाइम्सका अनुसार थिएन चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *