कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस सं,क्र,म,ण,का कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ ।मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय

विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

यो पनि अर्थमन्त्री युवराज खतिवडाले दिए रा,जी,ना,मा

काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पदबाट रा,जी,ना,मा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *