प्रधानमन्त्रीको सल्यक्रियाको समयमा अमृत योग परेकाले चिन्तित नहुँन ज्यातिषहरुको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको छ । बुधबार बिहान ९ बजेबाट अप्रेसनको शुरुआत गरिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । बिहान ९ बजेको समयमा अत्यन्तै शुभ अमृत योगको बनेकाले उक्त समयमा सुरुवात गर्दा अत्यन्तै शुभ हुने ज्योतिषहरुले जानकारी गराएका छन् । आम सर्वसाधारण यतिबेला प्रधानमन्त्रीको सफल अप्रेसनको कामना समेत गरिएका छन । हस्पिटलमा रोगको महत्व भएजस्तै ज्योतिषमा योगको महत्व हुने गर्दछ ।

योग भन्नाले सम्बन्ध भन्ने बुझिन्छ । कुनै पनि कर्म गर्दा यदि राम्रो समय चलिरहेको छ भने त्यसको परिणाम सकारात्मक आउछ नराम्रो समय चलेको भए जतिसुकै राम्रो गर्न खोजे पनि परिणाम नराम्रो नै हुने गर्दछ । विश्वभर रहेका आम मानिसको चासोको बिषय रहेको बुधबार हुने प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण कस्तो समयमा हुदै छ । ज्योतिषीय आधारमा उक्त दिन देशको लागि र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका लागि कस्तो रहला प्रतिक्षाकै विषय रहने छ ।

फागुन शुक्लपक्ष बुधबार नवमी तिथि बिहान ८ः५०मा सकिएर पूर्ण तिथिका रुपमा दशमी तिथिको उदय हुनु अत्यन्तै सकारात्मक मानिन्छ । शुक्ल पक्षमा गरिएका हरेक कर्महरु सिद्ध हुन्छन भनेर शास्त्रमा पनि उल्लेख गरिएको छ । महिनाको हिसाबले सूर्य लाभस्थानमा १९डिग्रीमा बलियो अवस्थामा रहनुले मनोबल उच्च अबस्थामा नै रहिरहने छ । जसको कारणले शल्यक्रियामा संलग्न चिकित्सकलाई पनि थप हौसला प्राप्त भइरहने योग निर्माण भएको छ, यो अत्यन्तै राम्रो पक्ष हो ।मिथुन राशिमा अमृत योग दिनभरि नै रहनेहुँदा यस्तो शुभ योगमा सोचेअनुसार नै लाभ मिल्ने छ ।

बुधबारका हिसाबले हेर्ने हो भने पनि बुद्धि दिने ग्रहकै बार परेकाले बुद्धि र विवेक सल्यक्रियामा संलग्न टिमको कुनै कमि हुने छैन । अस्पतालमा भर्ना हुने दिन पनि सोमबार र सप्तमी तिथि परेकाले उक्त तिथिका देवता पनि सूर्य रहेकोले भर्ना हुने दिनमा पनि कुनै प्रकारको अशुभ योग नरहेको ज्योतिष तथा वास्तुशास्त्री सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएको छ ।

कहिल्यै नाशनहुने अमृत योग, पूर्ण तिथि बार र राशि दुबैको स्वामी बुधग्रह जसलाई ज्योतिष शास्त्रमा ज्ञान तथा बुद्धिको कारक ग्रहका रुपमा परिभाषित गरिएको छ यस्तो शुभयोगको संयोग बनिरहेको छ । शास्त्रका अनुसार बुध ग्रहलाई अलि ढिलासुस्ती गर्ने ग्रहको रुपमा हेरिने हँुदा सुरुवाती समयमा केही समस्या देखिएपनि अमृत योगका कारण कुनै प्रकारका बिघ्नबाधा नपर्ने ज्योतिषी रिजाले जानकारी गराउनु भएको छ ।

अप्रेसनका लागि भर्ना हुन जाने सोमबारको समयदेखि अप्रेसन हुने दिन बुधबारसम्म कुनै प्रकारका अशुभ योग निर्माण नभएकाले दोस्रो पटको अप्रेसन पनि सफल हुने जानकारी गराएका छन । बुधबार बिहान काठमाडौंमा ६ बजेर २९ मिनेटमा सूर्याेदय हुनेछ । सूर्याेदयदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म लाभ समय रहने छ । त्येस्तै ७ बजेर ५६ देखि ९ बजेर २३ सम्म अत्यन्तै शुभ अमृत योग रहने छ ।

केही समय भने कालको समय रहने छ ९ बजेर २३ देखि १० बजेर ४९ सम्मको समय कालबेला रहने छ । कालको समयमा कुनै पनि शुभ कर्म शुभारम्भ गर्न नहुने ज्योतिषीहरुले सुझाव दिएका छन । तर काल बेलाभन्दा अघि सुरुगरेको काममा भने कुनै प्रकारको अशुभ फल नलाग्ने समेत जानकारी गराएका छन् । बिहानकै समयमा १० बजेर ५० देखि फेरि मध्याह्न १२ बजेर १६ मिनेटसम्म शुभ समय रहने छ । यसरी हेर्दा बुधबारका दिन हरेक प्रकारले शुभ साइत रहेकाले कुनै प्रकारको बाधा अबरोध बिना सल्यक्रिया सम्पन्न हुने जानकारी ज्योतिषीहरुले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *