डाक्टरले भने, फलाम नछुनोस्, १२ घण्टासम्म कोरोना जीवित रहन्छ

संक्र’मण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। काेराेना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएकाे हाे।यो भाइर’सको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्र’मणबाट विश्वभर ३ हजार बढी मानिसहरुकाे ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

कोरोना भाइरसले स्त’नधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्रा’णघा’तक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औ’ष’धिको आविस्कार भएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइर’स‚ विभिन्न भाइरसहरूको समूह हो। यो भाइर’स सुरु-सुरुमा सामान्य रुघा खोकीबाट सुरु भई पछि ज्या’नै लिने किसिमको हुन्छ। यो भाइ’रस मानिस र जनावरमा दुवैमा देखिन सक्छ।

चीनको वुहान सहरबाट फैलन सुरु भएको यो भा’इरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ। यसको सुरु-सुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने‚ मिर्गौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुन्छन्।

अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइ’रस जीवित

विश्वव्यापी रुपमा सं’क्र’मण हुँदे गएको कोरोना भा’इसर सबैभन्दा बढी समय फलाममा जीवित रहन सक्ने चिकित्सकहरूले बताएका छन् । अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइ’रस जीवित रह्ने इन्टरनल मेडिशिन रेसिडेन्ट डा. मिलन बज्राचार्यले जानकारी दिए । यदि कुनै रोगीले फलाम छोएको रहेछ भा’इरस हतपत्त म’र्दैन, लामो समयसम्म जीवित रहिरहन्छ ।

‘फलाम तथा फलामबाट बनेको कुनै पनि वस्तु छोइसकेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ,’ उनले भने ‘भरसक फलामलाई छुदै नछुने र छोएपनि पञ्जा लगाएरमात्रै छुँदा पनि केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ । उनका अनुसार घरको झ्याल÷ढोका खोल्दा वा बन्द गर्दा समेत पञ्जाको प्रयोग गर्दा राम्रो हुन्छ ।

‘झ्याल÷ढोकाको ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं । वा ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दा अझ राम्रो हुन्छ,’ उनले भने ‘वृद्धवृद्धा र केटाकेटी तथा दीर्घ रोगीहरूमा कोरोना चाँडो संक्र’मण हुन सक्छ ।’ शाहाकारी भोजन गर्दा पनि रोग सर्ने सम्भावना कम हुन्छ । हामीले दैनिक गर्ने क्रियाकलापमा ध्यान पुर्याउन सकेमात्रै पनि विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइ’रसबाट सुरक्षित रहन सकिन डा. बज्राचार्यले सुझाए ।

कसमा कोरोनाको उच्च जोखि’म हुन्छ? श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जो’खिम हुने बताइएको छ। यीमध्ये पनि पुरुषमा यसको जोखि’म बढी हुने बताइएको छ।

यसका विभिन्न लक्षणहरूका बारेमा बाहिर आइरहेका बेला अझ नयाँ-नयाँ लक्षणहरू देखापरिरहेका छन्। ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियासँग कसरी जुधिरहेको छ भन्ने कुराले यसको जो’खिम निर्धारण हुन्छ’, टोरोन्टो विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ अलिसन म्याकगियरले भने।

कोरोनाको लक्षण सामान्यतः श्वासप्रश्वास नै हो। सिडिसीका अनुसार रुघाखोकी‚ मन्द श्वास प्रश्वास यसका मुख्य लक्षणभित्र पर्छन्। ज्वरो पनि प्रमुख लक्षणभित्रै पर्छ। यसको जो’खिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ।विशेषगरी ज्येष्ठ नागरिक‚ जसमा मुटु रोग‚ डायबिटिज र अरु श्वास प्रश्वाससम्बन्धी रोगहरू भएका व्यक्तिहरूलाई सुरुमा निमोनियाबाट सुरु भएर शरीरका अङ्गले काम गर्न छाड्नेसम्म हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *