उपचार गराएको पैसा तिर्न नसकेर आठ महिनादेखि अस्पतालमै ब’न्धक जीवनको उ’द्धार,भाइको उपचार गर्न नसकेर दाजुले पनि आ’त्मह’त्या गरे

मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर ब’न्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उ’द्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उ’द्धार गरिएको हो ।

गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच वि’वादले उग्ररुप लिई कु’टाकु’ट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा र’ड प्र’हार गर्दा उनी ग’म्भीर घा’इते भए । ग’भीर घा’इते जीवनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल सिफारिस गरिएको थियो ।

घा’इते जीवनलाई उ’द्धार गर्न गृह मन्त्रालयबाट रु पाँच लाख र खाँदबारी नगरपालिकाबाट रु एक लाख सहयोग गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो । जीवनलाई उ’द्धार गर्न पूर्वगृहसचिव प्रेमकुमार राई र सांसद गौतमको पहलमा गृह मन्त्रालयबाट रु पाँच लाख सहयोग भएको हो ।

टा’उको र घाँ’टीमा ग’म्भीर चो’ट लागेका जीवन आठ महिनादेखि मोरङको विराट अस्पतालमा ब’न्धक थिए । उपचार गरेको रकम तिर्न न’सक्दा अस्पतालले उनलाई ब’न्धक बनाएको थियो । घा’इते जीवनको घाँ’टीको शल्यक्रिया, औ’षधि र खाना खर्च रु आठ लाख बढी पुगेको थियो । जीवनको उ’पचारवापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको हो ।

जीवनलाई उ’द्धार गरेर अहिले धरानमा राखिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो । जीवनको उ’द्धार गर्न सङ्खुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र नगरप्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुग्नुभएको थियो । जीवनको उपचार खर्च, औषधि र खानाको रु सात लाख रकम भुक्तानी गरेर सोमबार उ’द्धार गरिएको नगरप्रमुख खतिवडाले बताउनुभयो ।

उनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भएको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो । घाँ’टीमा ग’हिरो चो’ट लागेकाले श्वास फेर्न प्वा’ल पारेर पाइप हालिएका कारण जीवन बोल्न नसक्ने अवस्थामा छन् । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार शिक्षण अस्पतालमा मात्रै हुने र सो उपचारपछि मात्रै आवाज आउने छ ।

जीवनलाई सहयोग गर्न विभिन्न सङ्घसंस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जीवन उपचार खर्च तिर्न न’सक्दा लामो समयदेखि अस्पतालमै बन्धक भएर बसेका थिए । आ’क्रमण गर्नेहरु प्रहरीले चलाएको अ’भद्र व्यवहार मु’द्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही रु पाँच हजार धरौटी बुझाएर असार ३० गते छु’टिसकेका छन् ।

जीवन परिवारका माइला छोरा हुन् । आमा बि’तेपछि परिवारमा बुबा, एक दाजु, दिदी र दुई भाइ थिए । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै ब’न्धक भएको भन्दै ऋण खोज्नका लागि भौँ’तारिरहेका दाजु नवीनले पनि त्यही त’नावका कारण गत कात्तिक अन्तिम साता आ’त्मह’या गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *