कोरोना भाइरसबाट बच्न चैत ६ गते देखि देशभरीका विद्यालय ब,न्द

काठमाडौं , आउँदो चैत ६ गतेबाट देशभरीका विद्यालय ब,न्द हुने भएको छ । कोरोना भा,इ,र,स विश्वव्यापी फैलिएपछि सुरक्षात्मक उपाय अपनाउँदै सरकारले यस्तो निर्णय गरेको हो ।यद्यपि, सरकारले विद्यालय ब,न्द भनेको चाहिँ छैन ।

चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्नु भनेको छ शिक्षा मन्त्रालयले एक सूचना जारी गरी चैत ५ भित्र वार्षिक कक्षा एकदेखि नौ सम्मका वार्षिक परीक्षा सक्नु भनेको हो । वार्षिक परीक्षा सकिएपछि स्वत विद्यालय बन्द गरिन्छ ।कक्षा १० का विद्यार्थीले दिने एसइई परीक्षा चैतमा छ ।

कोराना अर्थात् कोभिड–१९ भाइरस विश्वको ६५ भन्दा धेरै देशमा फैलिइसकेको छ । तथापि नेपालमा भने कोरोना देखिएको छैन । कोरोना देखा नपरे पनि विश्वका विभिन्न देशमा फैलिएको हुनाले नेपालमा पनि देखा पर्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले विभिन्न सुरक्षात्मक

उपायहरु अपनाइरहेको छ । यही क्रममा विद्यालय बन्द गर्न सरकारले तत्काल वार्षिक परीक्षा गर्न भनेको हो । मन्त्रालयले विद्यालयहरुलाई अभिभावक दिवस, वार्षिकोत्सव तथा अन्य किसिमका भेला हुने कुनै पनि कार्यक्रम नगर्न पनि आ,व्हा,न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *