भारतमा पनि आयो खतरनाक कोरना भाइरस, २८ जनामा कोरोना भाइरस सं;क्रमणको पुष्टि

भारतमा कोरोनाभाइरसबाट सं;क्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् ।

कोरोनभाइरसको सं\क्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ । अब सबै अन्तर्राष्ट्रिय यात्रुहरुले विमानस्थलमा आफूले यात्राको स्थान, सम्पर्क विवरण लगायत फारम भर्नुपर्नेछ । कोरोनभाइरसको सं\क्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताइसकेका छन् ।

स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनका अनुसार अहिलेसम्‍म १६ लाख मानिसको स्क्रिनिङ गरिसकिएको छ भने १५ भन्दा धेरै ल्याबोरोटोरीमा परीक्षण गर्न पठाइएको छ। कोरोना संक्रमण थुकबाट पनि सर्ने भएकाले कम्तिमा एक मिटर परै रहन मन्त्रालयले सबै नागरिकसँग आग्रह गरेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस भारतको दिल्ली,तेलंगाना र जयपुर, महाराष्ट्र लगायतमा कोरोनाको सं;क्रमण भेटिएको छ भने हैदरावादमा किटनाशक औ;षधि छर्किएको छ। यस्तै युपी सरकारले कोरोना भाइरसको आशंकामा ६९ जना मानिसलाई निगरानीमा राखेको छ।

त्यस्तै कोरोना भाइरसको महामारी नेपाल प्रवेश हुन नदिन नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सीमा क्षेत्रमा हेल्प डेस्क (सहयोग कक्ष) स्थापना गरी विशेष सतर्कता अपनाएको हो।

उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार डेस्कमा भारतबाट नेपाल भित्रिने ज्वरो लगायत स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। भारतबाट नेपाल आउने बिरामीको लागि ‘इन्फाइड थर्मोमिटर’ को सहायताले ज्वरो नाप्ने गरिएको उनले जानकारी दिए। ‘इन्फाइड थर्मोमिटरको सहायताले करिब एक मिटर टाढाबाट ज्वरो नाप्ने गरिएको छ,’ उनले भने।

बिरामीको स्वास्थ्य परीक्षणका लागि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म २/२ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ। ‘भारत हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस भित्रिन नपाओस् भनेर यस्तो सर्तकता अपनाइएको हो,’ चन्दले भने ‘अहिले सम्म कुनै त्यस्तो शं;कास्पद बिरामी फेला परेका छैनन्, तर पनि हामीले आफ्नो तर्फबाट सर्तकता अपनाएका छौं।’ स्वास्थ्य जाँचका साथै भारतबाट आउने व्यक्तिलाई जनचेतनामूलक पोष्टर, पम्प्लेट वितरण पनि गरिएको चन्दले जानकारी दिए। इबोला र स्वाइन फ्लुका बिरामीको स्वास्थ्य परीक्षण गर्न उक्त स्थानमा हेल्प डेस्क राख्ने गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *