एकासी २२ गते सार्बजनिक बिदाको घोषणा

जनकपुरधाम। ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको छ। बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले सूचना निकालेर सार्वजनिक विदा दिएको जनाएका छन्। नगरपालिका अन्तर्गत सञ्चालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु ब,न्द रहने सूचनामा उल्लेख गरिएको छ।

बागमती नगरपालिकास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्व उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ। बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिएका छन्।

अन्य समाचार : कांग्रेसबाट विजयी वडाध्यक्ष नेकपामा प्रवेश बझाङ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका-५ का वडाध्यक्ष नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । कांग्रेसबाट विजयी भएका वडाध्यक्ष करवीर बाेहरा साेमबार नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाकाे सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलामा कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपामा प्रवेश गरेकाे गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले जानकारी दिए । कांग्रेस देशमुक्त हुने सम्भावना भएको र देशको नेतृत्व नेकपाले गर्ने देखिएकाले यस्ताे निर्णय गरेकाे वडाध्यक्ष बोहराले बताए ।कार्यक्रमा नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महर लगाएतको उपस्थिती रहेको थियो । वि.सं. २०७४ मा कांग्रेसको तर्फबाट विजयी भएका बाेहाेरा नेकपाको कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेकाे नेकपाका नेता नरेन्द्र खडकाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *