कोरोना भाइरसको त्रासकाबीचमा दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । देश यतिबेला कोरोनामय भएको छ । विश्वका झण्डै ७० भन्दा धेरै देशहरुमा कोरोना पुगेको छ । छिमेकी चीनबाट सुरु भएको हुँदा नेपालमा त्रास बढेको छ । यो बीचमा आज साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप जानकारी भने आइसकेको छैन ।

योपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।

सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको छ । पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन । पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।

सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ । सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ ।

सदस्यता शुल्क निर्धारण

यसैगरी पार्टीले सदस्यता शुल्क तोकेको छ । यही फागुन १८ गते भएको केन्द्रीय सचिवालय बैठकले २०७५ जेठ महिनादेखि लागू हुने गरी सङ्गठित सदस्यता शुल्क मासिक रु २५ र साधारण शुल्क मासिक रु १० कायम गरिएको महासचिव पौडेलद्वारा जारी सर्कुलरमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *