केकीको कहिले ?

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मका अभिनेत्रीहरुले भटाभट घरजम गर्न थालेपछि अब बाँकी अभिनेत्री कसको घरजम गर्न बाँकी होला भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ ।केकी अधिकारीको पालो गन्नेहरु पनि निकै छन् तर उनले विवाहका लागि छाँटकाँट देखाएकी छैनन् । उनका साथीहरु अभिनेत्री ऋचा शर्मा, प्रियंका काकीले घरजम गरिसके भने आँचल शर्माको घरजम हुने तयारीमा छ ।

यसको प्रभावले होला अचेल केकीलाई पनि विवाहका बारेमा सोच्न बाध्य बनाइरहेको छ । नहोस् पनि किन । हालै प्रियंकाको बिहेको बधाई दिँदा उनले लामो टिप्पणी लेखेकी थिइन् ।प्रियंकाको नामको अर्थ के हो भन्नेसमेत खुलाएर दिएको बधाई अरुले सही थप्नु त कहाँ हो कहाँ, उल्टै प्रशंसकहरुले उनको पालो कहिले भनेर सोध्न थालेका छन् ।

यो पनि राप्ती नदीको पानी नेपालगञ्ज ल्याइँदै

बाँके । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो ।

योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ््याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता थापाले जानकारी दिइन् ।

योजना २० वर्ष अघिको हो । विसं २०५६ मा शुुरुआत भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन । गत वर्ष पुनः शुरु गरिएको यो योजनालाई २०७५/७६ आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ । योजनाको पहिचो चरणमा करिब रु १८ करोड बजेट लाग्ने अनुमान गरिएको छ । डुडुवा गाउँपालिका–४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट ल्याउने गरी योजनाको काम अघि बढाइएको उनले बताइन् ।

करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ । यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ । उहाँका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन् । बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी

प्रयोग हुने गरेको जनाइएको छ ।अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ । ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दासमेत पर्याप्त पानी भेटाउन सकिएको छैन । यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ । सोही अवस्थालाई दृष्टिगत गरी राप्ती सो योजना अघि सारिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *