चिनबाट आएर खरिपाटीको क्वारेन्टाइनमा १६ दिन बिताएका डाक्टर बिकाश न्यौपानेको अनुभव

डा. बिकाश न्यौपानेचिनको हुबेइ प्रान्त मा रहेका म लगायत अन्य नेपाली विद्यार्थीहरुलाई सरकार ले उद्दार गरेर जब आफ्नै मातृभूमि नेपालमा आइपुग्यौं । हामी सबै १ सय ७५ जना नेपालीहरु लाई खरिपाटी मा राख्ने व्यवस्था भएको थियो र त्यस अनुरुप नै सबै लाई रामो व्यवस्था गरेर राखियो । आजको यस ब्लगमा मैले खरिपाटीमा १६ दिन बस्दाको अनुभव तपाईहरुसामू बाँढ्न चाहन्छु ।

हामी फाल्गुन ३ गते शनिबार चिनबाट उडेका थियौ र सबै प्रक्रिया पुरा गरेर फाल्गुन ४ गते आइतबार बिहान खरिपाटी पुग्यौं, हामीहरु नेपाल आइपुगेपछि सबैलाई पहिला बनाइएका प्लान अनुसार तोकिएको भवन मा राखियो । एउटा कोठामा २ देखि ३ जना सम्म थिए महिला र पुरुस हरु को लागि भवन हरु छुट्टाइएको थियो ।

हामीहरु त्यहाँ १५ दिन सम्म बस्‍यौं र १६ दिन को साँझ हामीहरुलाई त्यहाँबाट बिदा दिइयो । राजधानी बाहिर घर भएकासाथीहरु लाई र जो बस्न चाहन्छन् उनीहरु लाई अर्को दिन बिहान सम्म को पूर्ण व्यवस्था थियो ।

त्यो १६ दिन को अनुभब एकदमै अविश्मरणिय रह्यो । धेरै कुरा सिक्न र अनुभब गर्ने को अवसर मिल्यो । हामी आएको पहिलो दिन देखि नै खरिपाटीमा नेपाली सेना र नेपाल प्रहरीको उच्च सुरक्षा थियो, नेपाली सेना को मेडिकल टिम २४ घण्टा नै खटिएको थियो, दिनहु आफ्नो शरिरको तापक्रम नापेर सोको अभिलेख राख्न लगाइएको थियो, सबै लाई तापक्रम नाप्न एक एक ओटा थर्मोमिटर समेत उपलव्ध गराइएको थियो ।स्वास्थ्य सम्बन्धि कुनै समस्या परेमा या कुनै रोग लागेको शंका लागेर औषधि सेबन गर्नु पर्ने भएमा २४ घण्टा नै कन्ट्रोल रुममा सम्पर्क गर्न मिल्थ्यो, आवश्यक पर्ने सम्पूर्ण औषधि र अन्य सामग्रीहरुको उपलव्धता थियो, जसले गर्दा कसैलाई पनि कुनै कुरा को अभाव को महसुस भएन ।

खाना र नास्ता लगायत सबै कुरा को प्रबन्ध राम्रो थियो । स्वास्थ्य परिक्षणको लागि ५ वटा ल्यावहरुको बेबस्था थियो भने यदी कसैलाई केहि स्वास्थ्य सम्बन्धि समस्या भएमा चेकजाँच गर्ने छुट्टै स्थान को वेवस्था समेत गरिएको थियो । खरिपाट्टी बाहिर २४ घण्टा एम्बुलेन्स को बेबस्था थियो ।यो सबै कुरा सुन्दा र थाहा पाउदा यो सबै बेबस्था एकदम राम्रो र अन्तराष्ट्रिय स्तरको भन्न सकिन्छ ।

चिनको वुहान लिन जाने देखि खरिपाटि मा खटिएको नेपाली सेना को चिकित्सक र मेडिकल टोली. । डा. मुन थापा, डा‍. नबिन फुयाल लगायत अन्य चिकित्सको टोली ।१५ दिन को बसाई अति नै रमाइलो भयो । बिहान को खाजा पछि हाम्रो दैनिकी सुरु हुन्थ्यो । दिउँसो सबै साथी हरु आ-आफ्नो काम मा ब्यस्त हुन्थे । फुर्सदको समयमा हामी टीम बनाएर भलिबल, क्रिकेट, खेल्थ्यौं भने क्यारेमबोर्ड ,चेस लगायत अन्य खेलहरु खेलेर

रमाइलो पनि गर्थ्यौं । पढाई गर्न को लागि पनि राम्रो बाताबरण र समय थियो, बिहान बेलुका जुन सुकै समय नि पढ्न को लागि अनुकुल थियो, सरसफाई र स्वच्छ बाताबरण थियो, हाम्रो खाना र निस्केको फोहोर को उचित व्यबस्थापन थियो, सबै फोहोर फाल्ने को लागि छुट्टा छुट्टै कोण्टैनेर बेबस्था गरिएको थियो।सन्चै नै भन्नु पर्दा यो १६ दिन को बसाई जिन्दगी कै राम्रो पल को रुप मा बित्यो, धेरै नयाँ साथी हरु पनि बने, धेरै कुरा को अनुभव भयो , यो नेपाल सरकार ले गरेकै पहिलो क्वारेन्टाइन थिओ , मेडिकल क्षेत्र कै भएर होला भाविष्यमा यस्तै काम गर्न पर्ने भयो भने कसरी गर्ने भन्ने कुरा को जानकारी धेरै साथिहरुले लिने अवसर पाए ।

 

हामी लाई बीच बीच मा जम्मा गरेर स्वास्थ्य परिक्षण गरिन्थ्यो । काउन्सेलिङ्ग पनि गरिन्थ्यो । कुनै साथिहरुलाई मानिसक तनाव भयो भने छुट्टै किसिमको काउन्सेलिङ्गको व्यव्स्था गर्ने नेपाली सेनाको मेडिकल टिम अहोरात्र खटिरहेको थियो ।नेपाली सेनाका डाक्टर मुन थापा, डाक्टर नबिन फुयाल पटक पटक क्वारेन्टाइन एरिया मा आएर हामी लाई हौसला दिने र काउन्सेलिङ्ग गर्ने काम गर्नुहुन्थ्यो । कसैलाई केही समस्या छ कि भनेर चासो लिनुहुन्थ्यो । उहाँहरुले गरेको कामप्रति हामी एकदमै आभारी छौं ।खरिपाटी क्वारेन्टाइनको बसाइ आफ्नै घरको जस्तो थियो । १६ दिन कति चाँडै सकियो थाहा नै भएन ।लुगा धुनको लागि नेपाल सरकारले उपलव्ध गराएका वासिङ्ग मेसिन ।

हामीलाई बिहान नास्ता वा खाना खानको लागि माइक बाट सूचना दिइन्थ्यो । सबैजना लाइनमा बसेर खाना लिन जाँदाको पल, साथिहरु जम्मा भएर रातिसम्म गरेका कुरा यी सबै निकै नै अविस्मरणिय बनेका छन् । हामीलाई खरिपाटीबाट छाड्नु अगाडी सबैको स्वास्थ्य परिक्षणको नतिजा नेगेटिभ अर्थात कोरोना भाइरसको संक्रमण नभएको आएपछि त हामीमा झन् खुशीको बाँध नै फुटेको थियो । त्यसपछि हामी सबै साथिहरु जम्मा भएर खुशीले नाँचगान गरेका थियौं ।

अन्तिम दिन स्वास्थ्य राज्य मन्त्रि लगायत, मेयर, नेपाली सेना र प्रहरी र स्वास्थ्य सेबा बिभाग का सबै प्रतिनिधि लाई बोलाएर हामी लाई औपचारिक रुप मै बिदाई गरिएको थियो, त्यो दिन अरुदिनभन्दा बढी रमणीय थियो । त्यो दिन को औपचारिक कार्यक्रम पछि ,सबै जना हर्षले नेपाल सरकार जिन्दाबाद, नेपाल सेना जिन्दाबाद ,भन्दै नारा लगाएको दृष्य अनि सबै खुसि भएर नेपाल सरकार, नेपाली मिडियया, नेपाली सेना नेपाली प्रहरी ,शसस्त्र प्रहरी र सम्पूर्ण सहयोगी हात हरु लाई धन्न्यबाद भन्दै सबैजना त्यहाँबाट बिदा भयौं । खरिपाटीबाट हामी सबैलाई नजिकैको गन्त्व्यसम्म छाडिएको थियो ।

नेपाल सरकारले गरेको यति राम्रो व्यवस्थापन, नेपाली सेना र नेपाल प्रहरी साथै शसस्त्र प्रहरी को सहयोग र तदारुकता, अनि सम्पूर्ण नेपाली मिडिया र सहयोगी हातहरु प्रति धेरै धेरै धन्यवाद । यस्तै नेपाली सेना का डाक्टर मुन थापा, डाक्ट नबिन फुयाल , नेपाल प्रहरी का डाक्टर बिबेक राज भण्डारी लगायत सम्पूर्ण टिम मा धन्यबाद प्रकट गर्दै भविष्यमा देशमा कुनै समस्या परेका बेला नेपाली सेना, प्रहरी वा सरकार ले भनेको ठाउँ मा सहयोग र सेवा दिनेछु भन्ने कुरा को पनि विश्वास दिलाउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *