नेपालसहित ५ देश उच्च जोखिममा रहेको भन्दै दियो विश्व स्वास्थ्य सङ्गठनले दियो यस्तो चेतावनी

काठमाडौँ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना स,ङ्क्र,म,णबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ ।

हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा। टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाएको छ । “यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौँ, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ”, उनले बताए ।

कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उनले जनाएका छन् । “कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैनस यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा ९मौसमी फ्लु०मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ”, उनले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भने, “प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ ।

कोरोनामा यस्तो देखिएको छैन ।” अहिलेको आवश्यकता कोरोनाविरुद्धको एन्टिबडी खोज्नु रहेको औँल्याउँदै उनले भइरहेका अध्ययनले सघाउने विश्वास व्यक्त गर्नुभयो ।विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरेको प्रोटोकल अनुसार हरेक देशले अध्ययन गरेर त्यो सार्वजनिक गर्न सक्ने विषयमा हौस्याउनुभएको छ । दोस्रो भिन्नताका बारेमा प्रस्ट्याउँदै उहाँले मौसमी फ्लुभन्दा कोरोनाले अधिक गम्भीर रोग निम्त्याउँछ ।

मौसमी फ्लुको प्रतिरोधात्मक क्षमता निर्माण भइसकेको छ तर कोभिड–१९ नयाँ भाइरस भएकाले यसको प्रतिरोध बनेको छैन । यसका कारण धेरै मानिस अझै सङ्क्रमणको जोखिममा छन् । यसकै कारण केही मानिस गम्भीर रोगले ग्रस्त हुन सक्ने उनले बताएका छन् ।

मौसमी फ्लुको तुलनामा कोरोनाबाट बढी मृत्युदर कायम भएको छ । सङ्क्रमितमध्ये मौसमी फ्लुले एक प्रतिशत कम मृत्युदर रहेको देखिएको छ । तर हालसम्मको परिणामले कोरोनाबाट कुल सङ्क्रमितमध्ये ३।४ प्रतिशतको मृ,,त्यु भइरहेको देखाएको छ ।

चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । चिनिया सेनाको मेजर जनरलको एक टोलीले कोरोना विरुद्धको भ्याक्सिन बनाएको चीनले दाबी गरेको छ । हाल परीक्षणका क्रममा रहेको यो भ्याक्सिन छिट्टै नै आम उपचारका लागि सार्वजनिक गरिने चीनले बताएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *