कोरोना भाइरसका कारण सलमान खान समेत प्र,भा,वि,त

काठमाडौ । कोरोनाभाइरसले संसारभर अहिले कोलाहल झैं फैलिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दो हुँदा प्राय देशहरु सतर्कता अपनाउन थालेका छन् । कोरोनाभाइरसका कारण मनोरंजन छेत्र समेत प्रभावित परेका छन् ।

बलिउडका नायक सलमान खान समेत कोरोनाभाइरसका कारण प्रभावित भएको खबर छ । सलमान खानको शुटिङ्ग भइरहेको चलचित्र ‘राधे’ को शुटिङ्ग कोरोनाभाइरसका कारण रोकिएको छ । राधे चलचित्रको शुटिङ्गको अन्त्य अन्त्य तिर आइपुग्दा कोरोनाभाइरसबाट सतर्क रहन चलचित्र निर्माताले शुटिङ्गलाई केहि समयको लागि रोकेका छन् । भारतीय संचार माध्यममा आएको समाचार अनुसार राधे चलचित्रको थाईल्याण्डको सेड्युल केहि समयलाई रोकिएको छ ।

भारतमा शुटिङ्ग गरिरहेको राधे चलचित्रको टिम यहि हप्ता थाईल्याण्ड जाने तयारी थियो तर कोरोनाभाइरसको त्रासले सतर्कता अपनाउदै अहिले उक्त सेड्युल रोकिएको छ । सलमान खान सहितको जम्बो टोली थाईल्याण्ड तर्फ प्रस्थान गर्ने तयारी अब केहि समय पश्चात मात्र हुनेछ । थाईल्याण्ड सरकारले समेत सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरे संगै राधे चलचित्र टिम अहिले रोकिएका छन् ।

सलमान खान अब मुम्बईमा बाँकी शुटिङ्ग सकेर मात्र थाईल्याण्डको सेड्युल बारे छलफल गर्ने बताइएको छ । कोरोना भाइरस नियन्त्रणमा रहे मात्र चलचित्रको शुटिङ्ग थाईल्याण्डमा हुनेछ नत्र विकल्प खोजिने निर्माताले संचार माध्यमलाई जानकारी दिएका छन् । प्रभुदेवाले निर्देशन गरिरहेको चलचित्र राधे ईदमा रिलिज गर्ने तयारी रहेको छ । प्रभुदेवाको निर्देशनमा काम गरेको सलमान खानको यो तेश्रो चलचित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *