कोरोनाभाइरसबाट बच्न कोमल वलीको गोजीमा यस्तो भेटियो (भिडियो)

काठमाडौ । कोरोना भाइरसका कारण नेपालीहरु सतर्क हुन थालेका छन् । मुखमा मास्क लाएर हिड्ने देखि सार्वजनिक कार्यक्रममा कमै जान समेत थालेका छन् । यहि विषयमा राष्ट्रियसभाकी सदस्य कोमल वलीले आफु कोरोना भाइरसबाट सतर्क हुन थालेको बताएकी छिन् ।

एक कार्यक्रममा मास्क समेत नलाई भेटिएकी कोमल वलीले अहिले धेरै डराउनु पर्ने अवस्था छैन त्यसैले मास्क नलाएको बताएकी थीइन । कोरोना भाइरस नेपालमा देखा नपरेकाले अहिले डराउनु पर्ने छैन तर सतर्कता भने अपनाउन जरुरी बताएकी छिन ।

कोमल वली भन्छिन्, “संसारभर अहिले कोरोना भाइरसले गर्दा त्रासित छन् तर नेपालमा भने अहिले सम्म देखा परेको छैन जसले गर्दा अहिले डराउनु पर्दैन । तर, हामी सतर्कता भने अपनाउनु पर्छ । मास्क लाएर हिंडेको राम्रो हो । म पनि लाउछु तर अहिले लाउन पाएको छैन ।”

त्यस्तै कोमल वलीले मास्क नलाए पनि आफुले गोजीमा सेनिटाइजर भने बोकेर हिड्ने बताएकी छिन् । गोजीबाट सेनिटाइजर झिक्दै भनिन्, “मैले मास्क नलाए पनि यो सेनिटाइजर भने बोकेर हिड्छु । कसैलाई छुँदा वा भेट्दा यो प्रयोग गर्छु । सतर्कता भने आनाउन जरुरी छ किनभने अहिले संसारभर यसको संक्रमण फैलिदो छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *