सुर्खेत । सुर्खेतमा एक युवालाई कोरोना भाइरसको आशंका गरिएको छ । काठमाडौंबाट सुर्खेत आएका ति युवामा ज्वरो बढेको देखिएपछि कोरोना भाइरस भएको आशंका गरिएको हो ।सुर्खेत विमानस्थलमा आजबाट शुरु गरिएको हेल्थ डेक्समा चेकजाँच गर्दा ति व्यक्तिमा १००.५ डीग्री ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ कर्णाली प्रदेश अस्पताल कालागाउँका मेसु डा. डम्बर खड्काले आशंका
गरिएको व्यक्तिलाई ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताए ।आत्तिनु पर्ने अवस्था छैन्’ डा. खड्काले भने, ‘उनलाई तत्काल आइसोलेसन कक्षमा राख्नु पर्ने अवस्था पनि छैन्, घरमै राखेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेका छन् ।’ ति युवा जापानबाट कोरियाहुँदै नेपाल आएको बताएकाले स्वास्थ्यकर्मीकाे निगरानीमा राखिएको डा. खड्काको भनाई छ ।
यो जनचेतनाको लागि भएको हुँदा कृपया यो video बिभिन्न Facebook group हरुमा share गरिदिनुस।
यो जनचेतनाको लागि भएको हुँदा कृपया यो video बिभिन्न Facebook group हरुमा share गरिदिनुस।
Posted by Ktm Dainik on Tuesday, 3 March 2020
घर बाहिर ननिस्कन काठमाण्डु बासीलाई सरकारको आग्रह
काठमाण्डु , २२ फागुन- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डु वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।
‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डुमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाण्डुका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।