कोरोनाको आशंका गरिएका व्यक्ति टेकु अस्पतालबाट भागेर हिंडेका ब्याक्ति धरानमा यस्तो अवस्थामा फेला परे !

कोरोना सं’क्रमित भएको आशंकामा काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक नेपाली अस्पतालवाट भागेका थिए । उनलाई उनकै श्रीमतीले धरानमा स्थित अस्पतालमा भर्ना गराएकी छन् । काठमाडौंको टेकु स्थित अस्पतालवाट भागेका उनलाई धरान पुगेपछि उनकै श्रीमतीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेकी थिइन् ।बुधवार काठमाडौं स्थित अस्पतालवाट भागेका उनी विहिवार धरान पुगेका थिए । ती पुरुषलाई उनकी पत्नीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी हुन् ।

अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरीएको र थप उपचार थालिएको अस्पतालका चिकित्सकले जनाएका छन् । केही दिन अघि कोरियाबाट स्वदेश फर्किएर काठमाडौंको एक होटलमा रहेका ती पुरुषमा ज्वरोको लक्षण देखिएपछि स्वास्थ परीक्षणका लागि उनकी पत्नीले नै शुक्रराज अस्पताल लगेकी थिइन् । पछि उनी अस्पतालवाट भागेका हुन् । अस्पतालमा भर्ना भएपछि उनलाई कोरोना नभएको पुष्टि भएपछि मात्र घर जान पाइने बताएपछि राति नै अस्पतालवाट भागेका थिए ।

कोरियावाट आएर होटलमा बस्दा ज्वरो आएपछि उनलाई श्रीमतीले नै कोरोनाको शंका गरी काठमाडौंको टेकु स्थित अस्पताल लगेकी थिइन् । कोरोना प्रभावित क्षेत्रवाट आएका ब्यक्तिलाई ज्वरो समेत आए पछि उनलाई चिकित्सकले आइसोलेसनमा भर्ना गर्ने तयारी गरे । चिकित्सकले आइसोलेसनमा बस्ने सुझाव दिएपछि ति युवा डराए । बुधबार साँझ आएकाले अस्पतालले ती युवाको कारोना परीक्षण आज (बिहीबार) गर्ने तयारी भएको थियो । उनी परीक्षण अघि नै अस्पतालवाट भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *