कोरोनाका शंकास्पद व्यक्ति उपचारका लागि गएपछि सबै बिरामीले अस्पताल छाडे

नेपाल लगायत भारतमा पनि यो भारसको निकै त्रास फैलिरहेको छ। भाइरसबारे अपवाह फैलिदा समेत मानिसहरु डराई रहेका छन्। नेपालमा अहिलेसम्म उक्त भाइरसका बिरामी फेला परेका छैन। भारतमा भने ३० जनामा कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ। भाइरसको जोखिमका बीच भारतले राजधानी दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरेको छ।

भारतभर थप सतर्कता अपनाइएको छ। उक्त घातक भाइरसले भारतमा मानिसहरूलाई कसरी डराइरहेको छ भन्ने कुरा जयपुरमा भएको एउटा घटनाबाट अनुमान गर्न सकिन्छ। त्यहाँ कोरोनाका शंकास्पद बिरामी अस्पताल पुगेपछि अस्पतालनै खाली भएको छ। अस्पतालमा भर्ना भएका बिरामीका बीच जब कोरोना भाइरसका शंकास्पद व्यक्ती जाँच गराउन आएको खबर सनसनी फैलियो त्यसपछि उनीहरु एकपछि अर्कोगर्दै अस्पताल छाडे।

यो घटना जयपुरको प्रताप नगरमा रहेको राजस्थान स्वास्थ्य विज्ञान विश्वविद्यालयको (आरयूएचएस)को रहेको बीबीसी हिन्दीले जनाएको छ। कोरोना भाइरसका संदिग्ध ९ जना बिरामी मंगलबार राति अस्पताल भर्ना हुन पुगेका थिए। उनीहरूलाई दोस्रो तलामा रहेको छुट्टै वार्डमा राखिएको छ। उक्त खबर बिस्तारै अस्पताल भर फैलिएपछि बिरामीहरूले एक(एक गर्दै त्यहाँबाट जान थाले। अहिले उक्त अस्पतालका सबै वार्डहरु खाली छन्। अस्पतालका कर्मचारीहरु काम गर्न डराइरहेका छन्। यहाँसम्मकी, डाक्टरहरू पनि ती बिरामीहरूको नजिक गएका छैनन्।

वार्डका कर्मचारी र नर्स कर्मचारीको भरमा ती बिरामीलाई राखिएको बताइएको छ। भाइरसका संदिग्ध ती बिरामीहरु उपचारका लागि गुहार गर्दै डाक्टरहरुसँग ठूलो स्वरले चिच्याइरहेको छन्, डाक्टरहरूमा भाइरसको डर यति छ कि संदिग्ध बिरामीहरूको आवाज उनीहरूको कानसम्म पुग्न सकेको छैन। उक्त अस्पतालमा ती संदिग्ध व्यक्तीहरु भर्ना हुनुअघिल्लो दिन करिब ५६० मानिस अस्पतालमा उपचारका लागि पुगेका थिए। तर कोरोनाका बिरामी भर्ना भएको दिनदेखि एक जना नयाँ बिरामी पनि अस्पतालमा प्रवेश गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *