आज प्रि-मनसुन लागेयताकै ठूलो वर्षा हुने, उपत्यका लागएत देशभर हा,वा,हुरी/ अ,सि,ना चट्याङको पनि धेरै ख,त,रा

काठमाडौँ  देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरी/च’ट्याङ/असिनासहित आज (शुक्रबार)प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।

साथै हावाहुरी आउने, च’ट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्। ‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।अहिले बिहान पनि देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले उल्लेख गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भाेलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ। साथै शनिबार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

त्यस्तै आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ। मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ/असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ।उपत्यकामा हावाहुरी आउने सम्भावना भने नरहेकाे उनले बताइन्। बिहान ५ः४५ बजको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *