अमेरिकी राष्ट्रपति ट्रम्पका आधा दर्जन गर्लफ्रेन्ड, तीन जनासँग विवाह

हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ।डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र तीमध्ये तीन जनासँग उनले विवाह गरेका थिए।हाल मेलनिया ट्रम्प डोनाल्ड ट्रम्पकी

पत्नीका रूपमा छिन्। १९९८ मा उनीहरूको भेटघाट भएको थियो र विवाहका समयमा मेलानियको उमेर २८ वर्षा र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो।ट्रम्पको पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो।आउनुहोस् जानौं ट्रम्पसँग सम्बन्ध भएका महिलाहरू :इभाना ट्रम्प : यी महिलासँग ट्रम्पको विवाह १९९७ अप्रिल ७ मा भएको थियो। तर १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन्। सम्बन्ध

विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकी छन्।गाब्रियला सबातिनी : डोनाल्ड ट्रम्प इभानासँगै रहँदा १९८९ जुनमा सबातिनीसँग उनको अफेयरका बारेमा धेरै चर्चा भएको थियो। केही समयपछि यो सम्बन्ध पनि टुट्यो।कार्ला ब्रुनी : कार्ला ब्रुनीले मिक

जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्डसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो। तर यो सम्बन्ध लामो समय टिक्न सकेन।मारला मेपल्स : यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए। इभानासँग सम्बन्ध विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए। यो विवाह ६ वर्षसम्म रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *