कोरोना भाइरस : धेरै बच्चा भएका चिल्ड्रन होममा खाद्यन्न देखि मास्कको अभाव, सहयोगका लागि अपिल

बन्दी सहायता नेपालकी संस्थापक आमा इन्दिरा राना मगरले भाइरसबाट जोगाउँन विशेष एक्सन लिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो हामीले हाम्रो चिल्ड्रन होमका लागि केही खाद्यन्न हिँजै खरिद गरेका छौ । हामी हाम्रो चिल्ड्रन होमका लागि एक–दुई महिनाका लागि पुग्ने खाद्यन्न खरिद गर्न चाहान्छौ । कोरोना भाइरसका कारण हाम्रो बालगृहमा रहेका नानी–बाबुहरुलाई कुनै असर नपरोस् भन्ने हाम्रो चिन्ता छ ।

Yesterday We Need to cue to buying food for Children home ,PANepal started to buy more each children home as we…

Posted by Indira Ranamagar on Thursday, 5 March 2020

उनीहरुको उच्च हेरचाहारका साथै भाइरससँग लड्न सक्ने क्षमता बृद्धीका लागि पौष्टिक युक्त खाना ख्वाउन, विशेष हेरचाहार गर्न जरुरी छ । यसैले हामी केही महिनाका लागि पुग्नेगरी एकैपटक खरिद गर्न चाहान्छौ । हामीले सञ्चालन गरेका सबै विद्यालय आजैबाट बन्द गरिदिएका छौ । हामी हाम्रा बच्चालाई सफा रहन, स्वस्थ रहनका लागि आत्माविश्वास बढाउन काम गरिरहेका छौ । मेरो अनुरोध छ हाम्रा अवोध बालबालिकालाई उच्च पौष्टिक आहारका लागि सहयोगको जरुरी छ ।

Today my action to call all.my branch directors to keep children clean ,give them hot soup ,healthy food ,stopped…

Posted by Indira Ranamagar on Thursday, 5 March 2020

उहाँले सामाजिक सञ्जाल फेसबुकमा नै स्टाटस राखेर भन्नुभएको छ आज मेरा चिल्ड्रन होमका सबै शाखाहरुमा बाल–बच्चाहरुलाई उच्च हेरचाहार गर्न भनिसकेकी छु । उनीहरुलाई उच्च सरसफाईमा राख्न, तातो र पौष्टिक युक्त झोलिलो सूप, उच्च गुणस्तरको खानामा ध्यान दिन भनेकी छु । बच्चाहरुको स्कूल बन्द गर्न र बाहिरबाट जाने पाहुनाहरुलाई रोक्न भनिसकेकी छु । कोहीपनि धेरै भिडभाड हुने स्थानमा अति जरुरी नभएसम्म नजान र अनावश्यक व्यक्ति दर्शक मात्र बनेर चिल्ड्रन होममा नगईदिन विशेष आग्रह गर्छु उहाँले भन्नुभएको छ । बन्दी सहायता नेपाल जस्तै नेपालमा सयौँ बालगृह सञ्चालन गर्ने निकाय छन् । सबै सचेत हुन जरुरी छ । ता की कुनै क्षति नहोस् ।

मास्क अभाव विभिन्न चिल्ड्रन होममा जस्तै बन्दी सहायता नेपालले सञ्चालन गरिरहेका आधा दर्जन चिल्ड्रन होमका लागि मास्क अभाव छ । बजारमा एउटा मास्क किन्नपनि ४ सय रुपैया चुकाउनुपर्नेछ । चिल्ड्रन होममा सयौँ बालबच्चा छन् । एकै पटक खरिद गर्न धेरै मुल्य जानेछ । मुल्य तिरेरपनि सहज रुपमा पाउँन मुस्किल छ ।

We are getting problems to get Mask so new solution can make bra to protect yourself .I copied from internet

Posted by Indira Ranamagar on Thursday, 5 March 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *