कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको जापानी मिडियाको सनसनीपूर्ण खुलासा

एजेन्सी। एक जापानी सञ्चारमाध्यमले कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको आशंका गरेको छ । गत वर्षको जाडो याममा अमेरिकामा १४ हजार मानिसहरु इन्फ़्लुएञ्जाको प्रकोपबाट मरेको आंकडा प्रस्तुत गर्दै ‘असहि कर्पोरेसन अफ जापान टिभी’ले सम्भवत:असावधानीको कारणले त्यसैबाट कोही संसर्गमा आएको हुनुपर्ने अनुमान गरेको छ । यो समाचार अहिले चिनियाँ सामाजिक सञ्जालमा व्यापक मात्रामा फैलिएको छ ।

अमेरिकी सरकार उक्त इन्फ़्लुएञ्जाको पहिचान र रोकथाम गर्न असफल रहेकाले त्यसले महामारीको रुप लिएको हुनसक्ने सो समाचारमा जनाइएको छ ।गत फेब्रुअरी १४ मा युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडिसी) ले लस् एञ्जेल्स, सान फ्रान्सिस्को, सियाटल, शिकागो र न्युयोर्क जस्ता ठूला शहरहरुको हेल्थ ल्याबहरुमा रुघाखोकीबाट ग्रसितलाई कोरोना भाइरसको परीक्षण गरिने बताएको थियो ।

यद्यपि इन्फ़्लुएञ्जाबाट ज्यान गुमाउने अमेरिकीहरु कोरोना भाइरसको संसर्ग भए नभएको भने असहि टिभीले किटान गरेको छैन । सो टिभीको यस समाचारले चिनियाँ साइबर स्पेसमा भने ठूलो हलचल ल्याईदिएको छ ।

गत अक्टोबरमा चीनको वुहानमा मिलिटरी वोर्ल्ड गेम आयिजना भएको र उक्त गेममा भाग लिन आएका अमेरिकी खेलाडीले कोरोना भाइरस चीनमा प्रवेश गराएको हुनसक्ने चिनियाँहरु माझ विश्वास बढ्दै गएको बताइन्छ ।

सांघाईको फुदान युनिभर्सिटीका इन्टरनेसनल रिलेसनका प्रोफेसर शेन यीका अनुसार ग्लोबल भाइरस बिज्ञहरु र गुप्तचर संस्थाहरुले कोरोना भाइरसको उत्पत्तिको बारेमा गहन खोजविन गरिरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुलाई पनि यस्ता क्रियाकलापहरुमा उत्साहपूर्वक सहभागी हुन प्रोत्साहित गरिएको छ ।

‘यस भाइरसबाट ग्रसित हुनेको लक्षण र प्रकोप सबैको लागि प्रमाण त हुने नै भयो । यस रोगलाई लुकाउन निकै कठिन समेत छ’, शेनले सबै सर्वसाधारणहरुलाई हल्लामा भन्दा तथ्यमा विश्वास गर्न अनुरोध गरेका छन् ।

यो महामारीको किटान हुन बिभिन्न वैज्ञानिक परीक्षणको आवश्यकता पर्ने भएकाले मिडियाहरुले निश्चित भएपछि मात्र रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ । असहिको रिपोर्टिङ अस्पष्ट हुनुका साथै कोरोना भाइरस अमेरिकामा भन्दा चीनमा निकै गम्भीर र हानिकारक हुन गएको भन्दै पाठक तथा दर्शकहरुलाइ दिग्भ्रमित पार्ने खालको भएको शेनको तर्क थियो ।अमेरिकी अधिकारीहरुले अहिलेसम्म अमेरिकामा नोबल कोरोना भाइरसबाट ग्रसित ३५ वटा केसहरु फेला पारेका छन् ।

सञ्चारमाध्यमहरुले युएस सीडिसिले यस भाइरसले महामारीको रुपलिनु अघिनै हेल्थ केयर सेन्टरहरुसंग मिलेर त्यस विरुद्ध लड्ने तयारी गरिरहेको बताएका छन् । ब्रिटिश समाचार प्रदायक संस्था रायटरले पनि युएस स्वास्थ्य अधिकारीहरुको हवाला दिँदै भाइरस फैलिनु अगाडि नै स्कुल र व्यवसायहरु बन्द गर्न दबाब दिइरहेको बताएको छ ।

अमेरिकी अधिकारीहरु सिजनल फ्लुसंगै कोरोना भाइरस फैलियो भने इमर्जेन्सी कक्षहरु र मेडिकल आपूर्तिमा कठिनाई पुग्नेतर्फ सचेत देखिएको संचार माध्यमहरुले जनाएका छन् । सन् २०१० देखि अमेरिकामा सिजनल फ्लुबाट वर्षेनी चार करोड ५० लाखसम्म जनताहरु ग्रसित हुने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *