टेकुबाट भागेका कोरोनाको शंका लागेका बिरामी धरानको वीपीको आइसोलेसनबाट पनि भागे

कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर पुगेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेको बताइएको छ ।वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो ।उनी भागेको करिब एक घण्टा पछि प्रहरीले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ ।

टेकुबाट भागेर आएपनि त्यहाँ पुगेका उनी आफै उपचार गर्न गएकोले भाग्ने अनुमान थिएन ।पेइङ वार्डलाई आइसोलेसन गरेर एउटा मात्र ढोका आउजाउ गर्न खुला गरिएको थियो भने बाहिर सेक्युटिरी गार्ड पनि थिए ।

उनी मंगलबार मात्र दक्षिण कोरियाबाट नेपाल आएका थिए । बुधबार आफै टेकु अस्पताल उचचारको लागि पुगेका उनी त्यहाँबाट भागेर घर धरान पुगेका थिए । ती विरामीलाई कोरोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने बताइएको छ ।
कोरोनाका शंकास्पद विरामीको लागि व्यवस्था गरिएको पेइङ वार्डमा राखेर उनलाई उपचार भइरहेको थियो ।

यो पनि ‘मास्क पाइएन भनेर नआत्तिऔँ, साबुन पानीले हात धुँदा पनि सङ्क्रमणबाट बच्न सकिन्छ’

काठमाण्डाै – रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क (मुखावरण) लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ ।

विश्वका ८९ देशमा काेभिड–नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने गर्दा अभाव भएको छ । तर स्वस्थ व्यक्तिले नलगाए पनि फरक नपर्ने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले रुघाखोकी लागेका व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने जोखिम कम हुने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिले मास्क लगाएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा स्वस्थ व्यक्तिमा पर्दैन । यसले स्वस्थ व्यक्तिलाई सङ्क्रमित हुनबाट जोगाउँछ ।

तर सङ्क्रमित व्यक्तिले मास्क नलाएर, मास्क लगाएको स्वस्थ व्यक्तिको नजिकै गएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालकाे छिटा परे सङ्क्रमण सर्ने जोखिम हुन्छ । रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने उहाँले बताउनुभयो ।

यस्तै निरन्तर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले पनि नियमित मास्क लगाउनुपर्छ । यसो गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहे पनि सर्ने जोखिम कम हुन्छ । स्वस्थ व्यक्तिले मास्क लगाउनेभन्दा पनि वरपर छोइसकेपछि साबुन पानीले हात धुने गर्दा पनि जोगिन सकिने डाक्टर बाँस्तोलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *