५५ हजार बढि मानिस कोरोनाको उपचारपछि घर फर्किए

न्युयोर्क । कोरोनाभाइरसको संक्रमणका कारण विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका ३० करोड बालबालिका स्कुल जान सकेका छैनन् ।

विश्वका विभिन्न १४ मुलुकले विद्यालय बन्द गरेको जनाइएको छ । कोरोना सं,क्र,म,ण,का कारण इटलीले देशभरका विद्यालय बन्द गरेको छ जापानले पनि विद्यालयहरु बन्द गरेको छ । अन्य ९ वटा मुलुकमा आवश्यकता अनुसार शैक्षिक संस्था बिदा गरेका छन् । यस्तै, फ्रान्सले एक सय २० वटा विद्यालय बन्द गरेको छ ।

चीनका केही प्रान्तमा फेब्रुअरी मध्यदेखि नै विद्यालयहरु बन्द गरिएको छ । चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने प्राथमिक तहका कक्षाहरु टेलिभिजनमार्फत सञ्चालन भइरहेको छ ।

चीनमा कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखापरेको जनाइएको छ । ऊहानका चिकित्सकहरुका अनुसार संक्रमण निको भएर पठाइएका मानिसहरु फेरि संक्रमित भएको पाइएको छ ।कोरोनाभाइरसको संक्रमण भएकाहरुमध्ये ५७ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *