चन्द्रागिरीमा हिँउ पर्‍यो

काठमाडौँको चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरीमा हिउँ परेको छ ।शुक्रबार दिउँसो काठमाडौँमा उपत्यकामा वर्षा भएसँगै चन्द्रागिरीमा हिमपात भएको हो ।

हिमपात भएसँगै यतिबेला चन्द्रागिरीमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । पछिल्लो समय नेपालमा प्रि–मनसुन सुरु भइ देशका विभिन्न भागमा वर्षा भइरहेको छ

आज बिहानै मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको जनाएको थियो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार वर्षासँगै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्।

‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि श’क्तिशाली हुन्छ,’ शुक्रबार बिहान कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *