देवघाटमा दाहसंस्कारका लागि ल्याइएका एक बालक जिवितै भेटिएपछि…

तनहुँ – तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने नयाँ नियम लागू गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । केही दिन अघि रातिमा दाहसंस्कारका लागि ल्याएका एक बालक जिवितै फेला परेपछि समितिले यस्तो नियम लगाएको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कारका लागि ल्याउने प्रचलन छ । धार्मीक दृष्टिकोणले अति पवित्र मानिने देवघाट कहिल्यै खाली हुँदैन । शं’का’स्पद निधन भएका ब्यक्तिलाई रातिमा दाहसंस्कार गरिने भएका कारण समितिले अब रातिमा दाह संस्कार गर्न नपाइने नियम लगाएको हो । ह त्या र रहस्यमय ”मृ”त्युलाई लुकाउन रातिमा दा’हसंस्कार गरेको सूचना पाएपछि समितिले नै धेरैपटक प्रहरीको सहायता समेत लिने गरेको छ ।

देवघाटमा दाहसंस्कार गर्न ल्याउने मृ’तकको सबैभन्दा नजिकको आफन्तले फाराम भर्नुपर्ने र त्यसका लागि रातिमा कर्मचारी पनि नहुने भएकाले समस्या भएको समितिले जनाएको छ । हुँदा रातिमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए । उनका अनुसार विभिन्न कारणले राति १० बजेपछि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाइने निर्णय भएको छ ।

राति १० बजेपछि घाटमा आइपुग्नेका लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने भएको छ । रातीमा सोही घरमा श”व राख्नुपर्नेछ । रातिमा दाहसंस्कार गरेर प्रमाण मेटाउने र शंकास्पद घटनालाई लुकाउने कार्य भएका कारण यस्तो निर्णय गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराई सहितका सम्बन्धित सरोकारवाला संगको बैठक पछि यस्तो नियम लागू गर्न लागिएको हो ।

सो ५७ औं बैठकले देवघाटधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धार्मिक परम्परा झल्कने खालको गुरुयोजना निर्माण गर्ने, पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माण गर्ने, धार्मिक सम्पदा समेटिने धार्मिक चक्रपथको निर्माण गर्ने तथा देवघाट क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकले कालीगण्डकी डाइभर्सनको योजनाले तटीय क्षेत्र खास गरी प्रसिद्ध तीर्थस्थल देवघाटको भविष्यमा पनि सङ्कट पर्न सक्ने भएकाले उक्त डाइभर्सन गर्न नहुने तर्फ सङ्घीय सरकारको थप ध्यानाकर्षण गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *