आइतबारदेखि सम्पूर्ण विद्यालय अ,नि,श्चि,त समयका लागि ब,न्द (विज्ञप्तिसहित)

कैलाली । धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।धनगढी उपमनपाले आज विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द गर्ने जानकारी दिएको छ । सो उपमनपाका शिक्षा शाखाका अधिकृत अकबर चन्दले परीक्षा लगायतका कार्य तत्काल सञ्चालन नहुने जानकारी दिए ।

कक्षा ८ को नगरस्तरीय परीक्षा फागुन २८ गतेदेखि सञ्चालन हुने भनी पूर्व सूचना प्रकाशित गरिएको थियो । अन्य तहका परीक्षा पनि कतिपयले फागुन २८ गतेदेखि र कतिपयले आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरेका थिए ।

अधिकृत चन्दले अर्को सूचना प्रकाशित नभएसम्मका लागि शिक्षण संस्था बन्दका साथै परीक्षा पनि सञ्चालन नहुने बताउँदै अवस्था सामान्य भइसकेपछिमात्र परीक्षा सञ्चालन हुने बताए ।सम्बन्धित समाचार :कोरोनाको सन्त्रा’सः एक महिना सार्वजनिक बिदा दिन

चिकित्सकको अनुरोध काठमाडौं। विश्वभर महामा’रीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को स,न्त्रा’स नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्र’मण फैलिन पाएको छैन । तर यतिमै ढुक्क भएर बस्न सकिने अवस्था नरहेको भन्दै चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।

चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ ।

शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्र’मण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्र’मण नपाइएको बताइएको छ।

यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ। सरकारले स्कुलको वार्षिक परिक्षा चैत्रको ५ भित्र सक्नपनि निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *