ग्यासको अभाव भएको छैन, कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक सुवेदी

काठमाडौं– कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् ।जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ ।बजारमा ग्यास लगायतका वस्तुको अभाव हुन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

मास्क र स्यानेटाइजर लगायतका वस्तुको अभाव र चर्को मूल्य असुल भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामाग्रीको अभाव हुन शुरु भएको हो ।तर सरकारले भने विदेशबाट आपूर्ति सहज रुपमा भइरहेको भन्दै नआत्तिन र चाहिने भन्दा धेरै वस्तुको भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपूर्ती भइरहेको भन्दै नआत्तिन उपभोक्ताहरुलाई आग्रह गरे । उ

नले ग्यास, पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामाग्रीहरुको कृतिम अभाव सिर्जना गर्न खोज्ने व्यापारीमाथि कारवाही गरिने बताए ।कसैले ग्यास लुकाएको थाहा पाए वा नदिएको खण्डमा सूचना दिन पनि उनले आग्रह गरे ।

व्यापारीले ग्यास नदिए वा लुकाए फोन नम्बर ११३७ मा सम्पर्क गर्न उनले आग्रह गरे ।आजै बसेको संसद बैठकमा पनि सांसदहरुले बजारमा कोरोना भाइसर संक्रमणको नाममा कलोबजारी भइरहेको भन्दै अनुगमन रोक्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *