विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ ।यसअघि पाँचौं स्थानमा रहेको नेपाल १ जनवरी २०२० यतादेखि नेपाल चौथो स्थानमा उक्लिएको हो ।

हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा नेपाली सुरक्षाकर्मी शान्ति सेनाको रुपमा तैनाथ छन् । नेपालबाट हाल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु शान्ति सेनाको रुपमा परिचालित छन् ।शान्ति सेनाका रुपमा नेपाली सेनाबाट ५ हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ५ सय ६२ सुरक्षाकर्मी परिचालित छन् ।


पहिलोपटक सन् १८५८ मा युनाइटेड नेशन्स अब्जर्भेसन ग्रुप इन लेबनान (युएनओजीआईएल) मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।हालसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिसनमा सहभागिता जनाइसकेका

छन् ।नेपाली सेनाका तर्फबाट १ हजार ४ सय १ जना महिला सैनिक समेत शान्ति सेनाको रुपमा खटिसकेका छन् । हाल १ सय ८१ जना महिला सैनिक विभिन्न मिसनहरुमा कार्यरत छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालबाट शान्ति सेनाका रुपमा खटिएका ६५ जना सैनिकले सहादत प्राप्त गरेका छन् भने ६६ जना शक्त घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *