परीक्षामा कम नम्बर ल्याएको भन्दै शिक्षिकाले ३४ विद्यार्थीको हात ब्ले’डले चि’र्न लगाइन्

काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्ले’डले चि’र्न लगाएकी छिन् । हात चि’रिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौ जना कक्षा ७ का छन् । १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् ।

राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला ध’म्की दिएकी थिइन् । ध’म्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्ले’डले हात चि’र्न लगाएको पीडित विद्यार्थीले बताए  । निर्देशन नमाने आफैँ चिरिदिने ध’म्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताएका छन् ।

पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो  । पासमाक्स भने ८ तोकिएको थियो  । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात का’ट्न लगाएकी हुन्  । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ  । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।

एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चि’रिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो  । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो  । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने । प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चि’रिएको स्वीकार गरे ।

‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात काटिएको देखियो । सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको देखिएको छ । यो गम्भीर गल्ती हो  । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने । शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चि’र्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ।

कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात का’ट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’

विद्यार्थीलाई अलिअलि ड’र त देखाउनै पर्‍यो । मैले कम नम्बर ल्याए का’ट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु। नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *