हाम्रो देश चिन कोरनाबाट ग्रस्त भएर जनजिवन अस्तब्यस्त भएपनि, ‘चिन नेपाल कोराना भाइरसको सं’क्रमणबाट मुक्त रहेको हेर्न चाहन्छ’

काठमाण्डौ । चीनमा यतिबेला कोरोना भाइरसले जनजिवन प्रभावित भएको छ । जनजिवन अस्तब्यस्त भएके छ । मानिसको दिनचर्या नै बदलिएको छ । सर्वसाधारण घरवाट वाहिर निस्कन पाएका छैनन् । एकअर्कासंग भेटघाट गर्न र कार्यालयको काम समेत गर्न नपाएका कारण अहिले चीनको अर्थतन्त्रमा पनि निकै उतारचढाव भएको छ । अमेरिकासँगको व्यापार तनावका कारण प्रभावित भएको चीनको अर्थतन्त्र कोरोनाले झन तहस नहस बनाउन सक्ने भन्दै अर्थशास्त्रीहरुले विश्लेषण गरेका छन् । अब चीनको अर्थतन्त्र तल खस्कने बताएका छन् ।

कोरोना भाइरसका कारण व्यापारमा मन्दी आएको छ । मानिसको आवागमन नै ठप्प भएका कारण ब्यापारमा मन्दी आएको हो । सर्वसाधारणलाई राहत दिन अब चीन सरकारले कर कटौति, ब्याजदर कटौति गर्नुपर्ने हुन्छ । जसका कारण चीनको अर्थतन्त्र खस्कने छ । यसले सो देशको अर्थतन्त्रमै नराम्रो धक्का पुग्ने प्रक्षेपण बाहिरिएको हो ।

कोरोना भाइरसबाट अर्थतन्त्रलाई पर्ने प्रभावको दुरुस्त तस्वीर अहिले नै उतार्न असंभव छ । किनकी अहिले चीनको सबै संयन्त्र कोरोनाको ब्यवस्थापनमा लागेको छ । सरकारले आफ्नो सबै संयन्त्र कोरोना नियन्त्रणका लागि प्रयोग गरेको छ । तर केही मिडिया रिसर्च र केही अर्थशास्त्रीहरुको अर्थतन्त्र अनुमान गरेर भनाई सार्वजनिक गरेका हुन् । प्रारम्भिक चरणमा चीनको ग्रोथमा यो त्रैमासमा २ प्रतिशत प्वाइन्टले गिरावट आउनसक्छ । यसको अर्थ चीनको अर्थतन्त्रले ६२ बिलियन अमेरिकी डलर बराबरको क्षति व्यहोर्नुपर्ने अनुमान गरिएको छ ।

यसै क्रममा चिनियाँ सरकारले नेपाल कोराना भाइरसको सं’क्रमणबाट मुक्त रहेको हेर्न चाहेको बताएको छ । रेडियो नेपाललाई दिएको विशेष अन्तरवार्तामा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शून्य रहने आशा आफुले गरेको बताउनु भएको हो ।

कोरोना भाइरसको सं’क्र’मणको नियन्त्रण र रोकथाममा जनताले सर्वप्रथम सरकार माथी विश्वास गर्नु पर्ने बताउनु हुदै राजदूत यान्छीले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदमहरु लिरहेको बताउनु भयो । राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै मद्दत गर्न चिनियाँ सरकार तयार रहेको बताउनु भयो ।

आर्थिक वृद्धिभन्दा जनताको स्वास्थलाई चिनियाँ सरकारले सधै प्राथमिकता दिएको भन्नु हुदै राजदूत यान्छीेले नेपाल सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली ’ अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।राजदूत यान्छीेले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने ५० हजार जनताको सफल उपचार पछी घर फर्की सकेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *